'देउवा वा पौडेलमध्ये एक प्रधानमन्त्री'-
पूर्ण बस्नेत, हङकङ, भदौ ५- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले संघीयताको मामिलामा भारत र चीनको सुरक्षा चासो जोडिएकाले नेपालमा विदेशी प्रभाव निकै बढेको बताएका छन्।
चीनलाई अबको खतराका रुपमा देखेर तिब्बतमा खेल्न खोज्ने अन्तर्राष्ट्रिय शक्तिका कारण पनिचलखेल बढेको ठहरगर्दै कोइरालाले यस सम्बन्धमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमै आफ्नो नीति स्पष्ट रुपमा राख्नु पर्ने बताए।
'मधेशमा धेरै प्रान्त हुँदा धेरैसँग सम्बन्ध राख्नु पर्ने भएकाले भारतले एक मधेश एक प्रदेश भनिरहेको छ, मधेशमा पाँच प्रदेश बनाउने काँग्रेसको प्रस्तावमा त्यसैले सहमती नबनेको हो', कोइरालाले भने, 'चीनको चासो पनि ठ्याक्कै त्यही हो, नेपालमा संघीयता फस्टाउँदैन भनेर बोलिसकेका चिनियाँहरूले अहिले धेरै प्रान्त हुनु भएन भनिरहेका छन्।'
'आउँदा वर्षमा चीनलाई ठूलो खतराको रुपमा देख्ने विदेशी शक्तिहरू नेपालबाट चीन विरुद्ध तिब्बत मामिलामा खेल्न खोजिरहेका छन्, त्यसमा चीनको ठूलो असहमती छ', बदलिँदो परिस्थितिमा तिब्बत ठूलो भूरणनीतिक मुद्दा बनेको उल्लेख गर्दै कोइरालाले थपे, 'तिब्बत चीनको भूभाग हो, चीन विरुद्ध नेपालको भूमी प्रयोग हुन दिँदैनौँ भनेर अब हामीले अन्तर्राष्ट्रिय रुपमैबोल्नुपर्छ।'
नेपालमा क्रिश्चियन धर्मको विस्तार भइरहेको, अमेरिकी पिसकोर कार्यक्रम पुनः शुरु भएको प्रशंग जोड्दै कोइरालाले नेपालमा यूरोपियन युनियनको चासो पनि दीर्घकालीन रुपमा चीन लक्षित हुनसक्ने अर्थ्याए। 'सिआइएले पहिला खम्पाहरूलाई चीन विरुद्ध प्रयोग गरे जस्तै तिब्बत मुद्दालाई लिएर धेरै अप्ठयारो परिस्थिति आउन सक्छ', कोइरालाले थपे,'तिब्बत चीनको आन्तरिक मामिला भएकाले फ्रि तिब्बत भन्न मिल्दैन, तर तिब्बतको (सांस्कृतिक) पहिचान गुम्न नदेउ भनेर बेइजिङलाई कुटनीतिक रुपमा चाहीँ भन्न सकिन्छ।'
९८औं वीपी जयन्तीको सन्दर्भमा जन सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन हङकङ आएका काँग्रेस केन्द्रिय सदस्य कोइरालाले बुधबार साँझ नागरिकसँगकुराकानी गर्दै नेपालले भारत र चीन दुवै शक्तिसँग कुटनीतिक र राजनीतिक रुपमा समदुरीको सम्बन्ध राख्नु पर्ने तर्क गरे। वीपीले प्रधानमन्त्री हुँदा भारत र चीनसँग स्थापित गरेको समदुरीको सम्बन्धलाई राजा महेन्द्रले केही हदसम्म निरन्तरता दिएको तर अहिलेको नेतृत्व त्यसबाट विचलित भएको कोइरालाको निष्कर्ष छ।
'महेन्द्रले किर्तिनिधि विष्ट र सूर्यबहादुर थापालाई राखेर चीन र भारतलाई सन्तुलन गर्न खोजे तर दुवै छिमेकीसँग समदुरीको सम्बन्ध राख्नु पर्छ भन्ने काँग्रेस र वीपीको नीति अनुसार अहिलेको नेतृत्वले काम गर्न सकेन', नेपालमा भारत र चीनबीच सकारात्मक सम्बन्ध बनाउन भूमिका खेल्न सक्ने नेतृत्वको खाँचो दर्शाउँदै वीपी पुत्र शशांकले भने, 'भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने नेपाललाई फाइदा हुन्छ, त्यसबेला हामी एसियाका दुई आर्थिक शक्तिबीच पुल बन्न सक्छौँ।'
कोइरालाले गत शुक्रबार आफ्नो निवासमा भएको भेटमा कांग्रेस सभापति सुसील कोइराला र वरिष्ठ नेता शेरबहदुर देउवाबीच 'आइसब्रेक' भएको बताए। देउवासँग प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट गरेपछि अब सुशील प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको अर्थ्याउँदै उनले भने-कांग्रेसबाट हुँदा शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये एक जना प्रधानमन्त्री बन्ने हो, राष्ट्रिय सरकारको एजेण्डा भएकाले अरु दलको छनोटमा पनि भरपर्छ।
देउवा र पौडेलले संविधान सभा ब्युँताउन निकै जोड गरे पनि त्यसो गर्दा राजनीतिक घाटा हुने ठहर गरी कांग्रेस चुनावको बाध्यात्मक बाटोतिर हिँडेको कोइरालाले प्रष्ट्याए- माओवादी र मधेशीको गठबन्धन छ, जनजाति पनि थपिँदा दुई तिहाई पुग्ने भयो, संविधानसभा ब्युँताउँदा काँग्रेसको स्वर निकै मसिनो हुने देखियो।
नयाँ चुनाव पनि कांग्रेसका लागि चुनौतीपूर्ण रहेको कोइरालाले यसरी अर्थ्याए- काँग्रेस जनजातिको मुद्दामा अस्पष्ट छ र मधेशको एजेण्डा पनि बोकेन भन्ने छ। यस्तो अवस्थामा सरकारमा पनि नगएको खण्डमा चुनावमा कांग्रेसलाई धेरै घाटा हुन्छ। त्यसैले प्रधानमन्त्रीका लागि पार्टीभित्र सहमति हुनु आवश्यक छ।