काठमाडौं, भदौ ३० (नागरिक) - प्रधान मन्त्री बाबुराम भट्टराई आज जुम्ला जाने भएका छन्। हरेक महिना जनताको घरमा बस्ने योजना अन्तर्गत भट्टराई जुम्लाको दलित बस्ती भएको तातोपानी गाविसमा जान लागेको उनका सहयोगी विश्वद्वीप पाण्डेले जानकारी दिए।
प्रधानमन्त्रीको नियमित कार्यक्रम अन्तरगत आज उनी आज राति तातोपानी गाविस -१ राँका गाउँका मानसिंह सार्कीको घरमा बस्नेछन्। मानबहादुर सार्की २०६२ जेठ ५ गते तत्कालीन राज्यपक्षले हत्या गरेकी नाबालिका सम्झना सार्कीका बाबु हुन्।
प्रधानमन्त्रीसँगै मुख्य सचिव लिलामणी पौडेल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगानारायण श्रेष्ठ, भौतिक योजना मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौला, कृषि मन्त्रालयका सचिव गणेश जोशी, राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाह, गरिबी निवारण कोषका सदस्य महेन्द्र सापकोटा, प्रेस काउन्सिलका सदस्य मनऋषि धिताल लगायत जानेछन्।
भट्टराईले साँझ त्यहाँकै गणेश प्राविको प्राङगणमा जनताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। भोली उनले जुम्लाकै लाम्रा गाउँमा भएको जनताको स्याउ फारम तथा सेरी ढुस्कामा भएको फलफुल तरकारी बिउ बिजन नर्सरी निरीक्षण गर्नेछन्।