काठमाडौं, भदौ २६ (नागरिक) - चलिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। पार्टी सचिव प्रदीप पराजुलीले मंगलबार विज्ञप्ती जारी गर्दै बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
बैठकमा महामन्त्रीको प्रतिवेदन माथि बैठकमा छलफल जारी थियो। नेताहरु सबै उपत्यका बाहिर छन् । पश्चिमाञ्चलमा महासमिति सदस्यहरुको प्रशिक्षण भएर २०गतेपछि बैठक स्थगित भएको थियो।
बैठकमा महामन्त्रीको प्रतिवेदन माथि बैठकमा छलफल जारी थियो। नेताहरु सबै उपत्यका बाहिर छन् । पश्चिमाञ्चलमा महासमिति सदस्यहरुको प्रशिक्षण भएर २०गतेपछि बैठक स्थगित भएको थियो।