दबाबमा देउवा, निधिले भने– सभापतिमा सघाउनुस्
३२ साउन २०७७
•
४ मिनेट पाठ
दबाबमा देउवा, निधिले भने– सभापतिमा सघाउनुस्
फाइल तस्वीर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बन्ने तयारीमा जुटेका छन्। पार्टी नेतृत्वमा पुनः दोहोरिने रणनीतिका साथ सभापति देउवाले महाधिवेशनको मुखमा आएर विभागहरू गठन र विस्तार गरेको आरोप इतर समूहले लगाउँदै आएका छन्। विभाग गठन र विस्तारलाई देउवाको पार्टी कब्जाको रणनीति भन्दै नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितले विरोध गर्दै आएका छन्।  

सभापतिले विस्तार गर्ने विभागहरूमा सहभागी नहुन उनीहरूले निकट जिल्ला सभापतिमार्फत देशभरिका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आएका छन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जुम मिटिङमार्फत देउवाविरोधी अभियानलाई इतर पक्षले बढाउँदै लगेका छन्। जिल्ला सभापतिहरूले पनि इतर समूह गुटहरूको महासंघजस्तो भएको बताउँदै आगामी महाधिवेशनमा सभापतिदेखिको टिम तत्काल बनाउन दबाब दिँदै आएका छन्।  

तल्लो तहबाट समेत नेताहरूमा दबाब पर्नुका साथै सभापति देउवाले विभाग गठनलाई निरन्तरता दिएपछि इतर समूहले आगामी रणनीति बनाउने जिम्मेवारी पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता अर्जुननरसिंह केसीलाई दिएका छन्। आगामी महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको टिमै बनाएर अघि बढ्ने विषयमा छलफल र गृहकार्य भइरहेको पूर्वमहामन्त्री सिंहले जानकारी दिए। ‘सभापतिजी विधि र विधानविपरीत पार्टी कब्जा गर्ने रणनीतिमा अघि बढ्नुभएको छ,’ सिंहले भने, ‘त्यसविरुद्ध सबैको छलफलबाट १४औं महाधिवेशनमा एकदमै प्रभावशाली टिम खडा गर्नेछौं, सभापतिदेखि सदस्यसम्मको।’तर इतर समूहका प्रभावशाली नेताहरू पौडेल, शशांक, सिंह, रामशरण महत, शेखर कोइराला सबै सभापतिका आकांक्षी छन्।  

निधिले महाधिवेशनबाट पार्टी सभापति बन्न आफूलाई सहयोग गर्न देउवासमक्ष प्रस्ताव राखेका छन्।  यस्तै प्रस्ताव उनले नेता रामचन्द्र पौडेलसमक्ष  पनि राखेका छन्।
१३औं महाधिवेशनमा पनि सभापतिको प्रत्यासी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पुनः सभापतिको प्रत्यासी बन्ने बताउन छाडेका छैनन्। इतर समूहमा सभापतिको आकांक्षी धेरै रहेको र एउटै उम्मेदवार बन्ने सम्भावना कम रहेको बुझाइमा रहेका देउवाले निकटहरूलाई आफू पुनः सभापतिको प्रत्यासी बन्ने बताइसकेका छन्। सोहीअनुसार तयारीमा जुट्न देउवाको  आग्रह छ। तर पार्टीभित्र देउवाविरोधी जनमत निर्माण हुँदै गएको र जनतामा पनि सोहीअनुसार धारणा बन्दै गएको भन्दै  कतिपय नेताहरूले अहिले नै हतार नगर्न उनलाई सुझाएको स्रोतको दाबी छ।  

नेतृत्व हस्तान्तरणको आवाज पनि उठिरहेको भन्दै महाधिवेशन र आम निर्वाचनपछिको स्थान सुरक्षित बनाई पार्टी नेतृत्व हस्तान्तरण गरेर उदाहरण बन्न निकटहरूले आग्रह गरेको सुनाउँदै एक नेताले भने, ‘उहाँलाई मसँग भएका सबै छँदैछन्, पार्टीमा आएका विजयकुमार गच्छदार, सुनिल थापासहितको समर्थन पाउँछु भन्ने छ तर परिस्थिति त्यति सहज छैन।’  

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टीभित्र र बाहिर प्रश्न उठिरहेको छ। अब १३औं महाधिवेशनअघिको जस्तो देउवाअनुकूल वातावरण नहुने ती नेताको भनाइ छ। ‘अहिले सभापति भएका कारण पनि केही न केही फाइदा उहाँ (देउवा) लाई पुग्छ नै,’ उनले भने, ‘तर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने आश्वासन देउवाबाट पाएको उपसभापति विमलेन्द्र निधिको भूमिका के हुन्छ, त्यसले पनि निर्धारण गर्छ।’

निधिले देउवासँगको छलफलपछि मात्र १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने बताउँदै आएका छन्। निधिले बिहीबार सभापति देउवालाई भेटेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै ती नेताले भने, ‘निधिजीले सभापतिमा सहयोग गर्न देउवासँग प्रस्ताव गर्नुभएको छ। त्यसले उहाँलाई थप दबाब पर्ने देखिन्छ।’  

देउवालाई भेट्न बिहीबार उनकै निवास पुगेका निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार नयाँ संविधान, स्थापित राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्न लागिरहेकाले त्यसको संरक्षणका लागि आगामी निर्वाचन कांग्रेसले जित्नैपर्ने रहेको बताएका थिए। त्यसका लागि पार्टीको आगामी महाधिवेशनबाट सकेसम्म सर्वसहमतिबाट नेतृत्व चयन होस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै निधिले आगामी महाधिवेशनमा सभापतिमा आफूलाई सहयोग गर्न देउवासँग प्रस्ताव गरेको स्रोतको दाबी छ।  

केही दिनअघि मात्र महामन्त्री शशांकसँग सहयोग मागेका सभापति देउवाले सर्वसम्मतिबाट नेतृत्व चयन हुने सम्भावना नरहेको भन्दै यसपटकलाई आफैंलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ। सर्वसम्मतिका लागि कसै न कसैले पहल लिनुपर्ने भन्दै निधिले सभापति देउवालाई पार्टी अभिभावक बन्न प्रस्ताव गरेको जनाइएको छ।  

देउवाले १५औं महाधिवेशनमा सहयोगको आश्वासन दिए पनि निधिले त्यसबेला आफू ७० वर्षको भइसक्ने भन्दै सभापतिमा ‘सुट’ गर्दैन भनेको स्रोतको दाबी छ। ‘चुनाव लड्न कार्यकर्तासँग व्यापक सम्पर्क गर्नुपर्छ। तपाईं अर्कोपटक लडे भइहाल्छ नि। मपछि तपाईं नै हो। मेरो अर्को को छ र ?’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसपटक मलाई नै सहयोग गर्नुस्।’

निकट नेताहरूसँग सभापतिसमक्ष राखेको प्रस्तावबारे जानकारी गराएका निधिले नेता रामचन्द्र पौडेलसँग पनि मुलुकको आगामी चुनौती सामना गर्न पार्टीको महाधिवेशन सर्वसम्मतिले नेतृत्व चयन गर्नुपर्ने भन्दै अभिभावक बन्न र नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ। निधिले यसअघि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग पनि छलफल गरेका थिए।
अर्को समाचार
उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?
२३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट प्रस्तुत भएको बजेटमा आफू अलमलिएको बताएका छन्। थापाले देशमा भइरहने उथलपुथलले आफूलाई बजेटमाथि टिप्पणी गर्न अलमल्याएको बताएका हुन्।

‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु। यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन। भनेर बोल्नुपर्ने हो,’ सरकारले प्रस्तुत गरेको बजेटमाथि बुधबार भइरहेको छलफलमा बोल्दै महामन्त्री थापाले भने,‘तर अहिले त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसद्मा छ/सात महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की। आफ्नै बोली फेरि गलपासो हुने हो की !’

त्यसपछि महामन्त्री थापाले आफूले बोल्ने तयारी गर्दा अर्थमन्त्री वर्षमान पुनलाई सामान्य प्रश्न सोध्ने कुरा सोचेको बताए। ‘अर्थमन्त्रीज्युले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेकुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो, ४ प्रतिशतको भन्दा कम रह्यो,’ उनले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एसियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैले ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ। यसको आधार के हो ?’

पानी अलिकति राम्रो पर्छ भनेर गरिएका मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्नेकुराको अर्थमन्त्री पुनले संसद्लाई चित्तबुझ्दो जवाफ दिनुपर्ने थापाले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस