माधव ढुङ्गेल, काठमाडौं, भदौ १३- संविधानसभाको नयाँ चुनाव घोषणा गर्ने सत्तारुढ एकीकृत माओवादी र मधेसी मोर्चा संविधानसभा विघटन भएको तीन महिना नपुग्दै संविधानसभा पुनर्स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेका छन्।
सरकारले एकतर्फी चुनाव घोषणा गरेकाले त्यसमा सहभागी नहुने निर्णय गर्ने विपक्षी कांग्रेस-एमाले भने नयाँ चुनावको पक्षमा देखिएका छन्।
राजनीतिक गतिरोध अन्त्यबारे छलफल गर्न एकीकृत माओवादी, कांग्रेस र एमालेबीच बुधबार बिहान ८ बजे नयाँबानेश्वरस्थित विशेष समितिको सचिवालयमा पुनः बैठक बस्दैछ। यसको पूर्वतयारीस्वरुप मंगलबार बिहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति सुशील कोइरालासँग छलफल गरे। साँझ दाहालले मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारसँग पनि छलफल गरे।
गच्छदारले एमाले अध्यक्ष झलनाख खनालसँग छलफल गरेको जानकारी दिँदै मंगलबार गृह मन्त्रालयमा केही पत्रकारसँगको संक्षिप्त भेटमा भने, 'जेठ १४ मा संविधानसभा विघटन हुँदा जहाँबाट टुट्यो, त्यही विन्दुबाट छलफल गरी संविधान घोषणा गरौं भन्ने हो।' गच्छदारले संघीयता र शासकीय स्वरुपबारे बाँकी विषयमा पहिले सहमति गर्ने र त्यसपछि संविधान जारी गर्नका लागि संविधानसभा पुनर्स्थापना गर्नुपर्ने आफ्नो धारणा रहेको बताए। खनालले सोमबार उपप्रधानमन्त्रीसमेत रहेका मोर्चाका नेता गच्छदारसँग निकासबारे छलफल गरेका थिए।
एमालेले मंगलबार पार्टी स्थायी कमिटी बैठकमा बुधबार हुने तीन दलको बैठकमा पार्टीले कस्तो धारणा राख्ने भन्ने छलफल गरेको छ। एमाले सचिव शंकर पोखरेलले नागरिकसँग भने, 'संविधानका विवादित विषयमा सहमति हुने सम्भावना छैन, त्यसैले संवैधानिक र कानुनी जटिलता फुकाएर ताजा जनादेशमा जानुपर्छ।' पोखरेलले नयाँ चुनावपछिको छोटो समय संविधानसभाको काम गर्ने र त्यसपछि संसदमा रूपान्तरण भई पूरै अवधि रहने सहमति हुनुपर्ने आफ्नो दलको धारणा सुनाए।
माओवादीका दाहालको अध्यक्षता मधेसी मोर्चासहितका विघटित संविधानसभाका २१ दल सहभागी 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' ले पनि संविधानका विवादित विषय टुंगो लगाएर पुनर्स्थापना गर्नेलाई दोस्रो विकल्पका रूपमा अघि सारेको थियो। माओवादी अध्यक्ष दाहालले गत साता आफ्नै निवासमा कुरा गर्दै आफ्नो प्राथमिकता संविधानसभा पुनर्स्थापना भएको बताएका थिए।
गठबन्धनको अर्को घटक फोरम (लोकतान्त्रिक) का अध्यक्ष समेत रहेका गच्छदारले पनि पहिलो विकल्प संविधानसभा पुनर्स्थापना भएको बताए। 'संविधानका विवादित विषयमा सहमति गरौं, त्यसपछि संविधान घोषणाका लागि छोटो समयका लागि संविधानसभा पुनर्बहाली गर्नु अहिलेको निकास हो', गच्छदारले भने, 'संविधानसभा बसेको पहिलो बैठकमा के गर्ने र अन्तिम दिन के गर्ने भन्ने कार्यसूचीसमेत पहिल्यै सार्वजनिक गर्ने गरी मात्र पुनर्स्थापनाको निर्णयमा जान सकिन्छ।' पुनर्स्थापनामा जान तयार नभए गच्छदारले मंसिर ७ का लागि घोषित संविधानसभा चुनावको साटो नयाँ तिथि तोकेर जानुपर्ने विकल्प औंल्याए।
लामो समयदेखि अवरुद्ध तीन दलको बैठक आइतबारदेखि सुरु भएको हो। बैठकले नियमित बैठक गरी निकास निकाल्ने सहमति गरेको थियो। त्यसैअनुरुप थप गृहकार्यसहित दलहरु बुधबार पुनः बैठक बस्न लागेका हुन्।
कांग्रेस-एमाले पहिले प्रधानमन्त्रीले पदत्याग गर्नुपर्ने अडान छाडी संविधानका विवादित विषयको निकासबारे छलफलमा सहभागी भएका छन्। कांग्रेस सभापति सुशील कोइराला नयाँ चुनावमा जानुपर्ने पक्षमा छन्। तर पार्टीकै वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल भने संविधानसभा पुनर्स्थापनामा पनि लचिलो छन्।
उपसभापति पौडेलले आफ्नो दलको धारणाबारे नागरिकसँग भने, 'सरकारबारे राष्ट्रिय सहमति गरौं, संविधानका विषयमा सहमति जुटाऊँ, संविधान जारी गर्ने प्रक्रियाबारे पनि सहमति गरौं भन्ने हो।' उनले संविधानका विषयमा सहमति भएपछि नयाँ संविधान जारी गरेरमात्र नयाँ चुनावमा जानुपर्ने धारणा राखे।
संविधानसभाको पुनर्स्थापना कि ताजा जनादेश भन्नेमा माओवादी र एमाले-कांग्रेसका अध्यक्षहरूबीच फरक मत रहँदै आएको छ। सबै दलका पूर्वसभासदसहित धेरै नेताहरू संविधानका विवादित विषयमा सहमति गरी संविधान जारी गर्नमात्र संविधानसभा पुनर्स्थापनाका लागि लचिलो छन्। एमाले सचिव पोखरेलले भने संविधानका विषयमा सहमति जुट्ने सम्भावना पनि नरहेको बताए। उनकै पार्टीका केन्द्रीय सदस्य समेत रहेका पूर्व सभासद लालबाबु पण्डितको दाबी छ, 'एमालेका अध्यक्ष झलनाथ खनालमात्र हैन, वरिष्ठ नेता माधवकुमार नेपाल पनि संविधानसभा पुनर्स्थापना नै एक मात्र संवैधानिक निकास हो भन्नेमा सहमत छन्।' कांग्रेसका ७८, एमालेका ६५ जनाले यसअघि नै पुनर्स्थापनाका पक्षमा अभियान सञ्चालन गरेका छन्। पछिल्लो समय दुवै दलले अभियानमाथि अघोषित प्रतिबन्ध लगाएका छन्।