नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले हाल कुनै सार्वजनिक पद धारण गरेका छैनन् । तर, पछिल्लो समय उनको सक्रियता र भूमिका महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिको भन्दा कम छैन ।
प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट पराजित गौतमले सार्वजनिक पद धारणका लागि पटकपटक प्रयास नगरेका पनि होइनन् । तर, पार्टीअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उनको चाहनामा बाधक बनेपछि संसद्मा पुग्ने उनको प्रयास पूरा हुन सकेन ।
पछिल्लो पटक नेकपाभित्र बढिरहेको विवादबीच कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालको कित्ता त कहिले ओलीकित्तामा उभिने आफ्नो अस्थिर स्वभावले उनले आलोचना पनि भोग्दै आइरहेका छन् । यही स्वभावका कारण उनलाई कतिपयले मादलको संज्ञासमेत दिने गरेका छन् । तर, साउन १३ गते एकाएक दाहाल–नेपाल समूहलाई चक्मा खुवाउँदै ६ बुँदे प्रस्तावसहित उनी ओली कित्तामा देखिएपछि पार्टीमा आफूलाई केन्द्रमा राख्न सफल भएका छन् ।
गौतमले ६ बुँदे प्रस्ताव अघि सारेपछि पार्टीभित्र कमजोर हुँदै गएका ओली केही शक्तिशाली देखिए । ओलीलाई पुरै कार्यकाल प्रधानमन्त्री तथा अध्यक्ष र दाहाललाई कार्यकारी अध्यक्षसहितको ६ बुँदे प्रस्ताव पेस गरेपछि राहत महसुस गरेका ओली सोही दिन साँझ गौतमलाई भेट्न गौतमनिवास पनि पुगे । सामान्यतया प्रधानमन्त्री ओली कसैको घरमा बिरलै जाने गर्छन् । पार्टीभित्र विवाद बढेको र आफ्नो समूह कमजोर भएपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकलाई अनिर्णयको बन्दी बनाइरहेका छन् ।
यसअघि गौतम दुई अध्यक्षलाई भेट्न आफैं कहिले बालुवाटार त कहिले खुमलटार जाने गर्थे । पार्टीभित्र उनको भूमिका महत्वपूर्ण बन्दै गएपछि शीर्ष नेताहरू नै उनलाई भेट्न निवासमै आउन थालेका हुन् । दुई अध्यक्षबीच विवाद बढ्दै गर्दा नेकपाका दोस्रो तहका नेता भने पहिलेदेखि नै गौतमनिवास पुगेर उनलाई आफ्नो कित्तामा उभ्याउन प्रयत्न गर्दै आएका थिए ।
पार्टीभित्र आफ्ना अडानलाई लिएर दुई अध्यक्षबीच सहमति जुट्न नसकेको अवस्थामा दाहाल गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् । अर्का अध्यक्ष ओलीसँग छलफल हुनुभन्दा पहिले दाहाल गौतमनिवास पुगेका थिए । दुई नेताबीच पार्टीको पछिल्लो विवाद र गौतमले अघि सारेका ६ बुँदे प्रस्तावका विषयमा पनि छलफल भएको गौतमनिकट स्रोतले जनाएको छ । दाहाल सचिवालयले उक्त भेटघाटलाई सामान्य भनेको छ । ‘अध्यक्षले जुनसुकै नेतासँग पनि भेटघाट र छलफल गर्न सक्नुहुन्छ, मंगलबार गौतमसँग भएको भेट पनि त्यस्तै सामान्य छलफल हो,’ दाहाल सचिवालय स्रोतले भन्यो ।
मंगलबार पनि सहमति जुटेन
यसैबीच मंगलबार नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । छलफलमा सहभागी नेता सुवास नेम्वाङका अनुसार बुधबार बेलुकी ५ बजे पुनः बस्नेगरी छलफल सकिएको छ । ‘आजको छलफलमा पार्टीभित्रका समस्याबारे छलफल भएको छ, तर टुंगो लाग्न नसकेपछि बुधबार पुनः बस्नेगरी छलफल टुंगिएको छ,’ नेम्वाङले भने ।
मंगलबारको भेटमा दाहालले ओलीलाई स्थायी समिति बैठकमा सहभागी हुन आग्रह गरे पनि ओलीले सहभागी हुन अस्वीकार गरेपछि छलफल विनानिष्कर्ष टुंगिएको हो । ‘अध्यक्षज्यूले स्थायी कमिटीमार्फत विवाद टुंग्याउने प्रस्ताव दोहो¥याउनुभयो तर अर्का अध्यक्ष ओलीले सहभागी हुन मान्नुभएको छैन,’ दाहालनिकट स्रोतले भन्यो । दाहालले पाटी एकतालाई जोगाइराख्न प्रयत्न गरिरहे पनि ओली आफ्नै ढंगले अघि बढ्न खोजेकाले सहमति जुट्न नसकेको दाहालनिकट स्रोतको दाबी छ । मंगलबारको छलफलमा अध्यक्षद्वय ओली र दाहालसँगै वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङसमेतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय पार्टीभित्र स्थायी कमिटी बैठक र केन्द्रीय समिति बैठक बोलाउने विषयलाई समेत कोरोनासँग जोडेर विषयान्तरण गर्न थालेका छन् । उनले मंगलबार विज्ञहरूको छलफलमा आफ्नै पार्टीले समेत २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णयलाई बेवास्ता गरेको बताएका थिए । कोरोनालाई ध्यानमा राखी सरकारले भिडभाडमा रोक लगाए पनि पार्टीभित्रैबाट स्थायी कमिटी र चार सय ५० जनाको केन्द्रीय समिति बैठकको माग भइरहेको बताएका थिए । उनले आफ्नो स्वार्थका पछि दगुर्दा नेताहरूले देश र जनताप्रति गम्भीर उदासिनता देखाएको आरोप लगाएका थिए ।

यसअघि गौतम दुई अध्यक्षलाई भेट्न आफैं कहिले बालुवाटार त कहिले खुमलटार जाने गर्थे । पार्टीभित्र उनको भूमिका महत्वपूर्ण बन्दै गएपछि शीर्ष नेताहरू नै उनलाई भेट्न उनकै निवास आउन थालेका हुन् ।पार्टीको केन्द्रीय समिति बैठकप्रति पनि अनिच्छुक देखिएका ओलीले वामदेवको साथ पाएपछि भने पार्टीभित्र देखिएका विवादलाई सचिवालयमार्फत टुंग्याउने बताउँदै आएका छन् । आफ्नो कित्ताबाट ओलीकित्तामा पुगेका उनै गौतमलाई भेट्न मंगलबार अध्यक्ष दाहाल पनि गए । दुई अध्यक्षबीच पार्टीभित्र शक्ति संघर्ष जारी रहेका बेला दुवैका लागि शक्तिको स्रोत बनेका गौतम पार्टीभित्र जुन कित्तामा उभिन्छन्, त्यही समूहको पल्ला भारी हुने अवस्था बनेको छ ।