दिलबहादुर छत्याल, धनगढी, साउन ११ - नेपाली काग्रेसका सभापती शुशिल कोइरालाले बाबुराम भट्टराईले तत्काल प्रधान मन्त्री छोड्नु पर्ने बताएका छन् । राष्ट्रिय सहमतिकव सरकार बनाएर अघि बढेमात्रै अहिलेको राजनीतिक संकट समाधान हुने उनले बताएका छन्।
सरकारले छोड्ने बित्तिकै राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागी कुनै समस्या नरहेको उनले बताए। पाँच वुदे सहमती अनुसार राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नेपाली कांग्रेस गर्न पाउनु पर्ने उनको दाबी थियो ।
आज धनगढी विमानस्थलमा पत्रकारसँगको भेटघाटमा बोल्दै सभापति कोइरालाले दलहरुचीको अविश्वासका कारण संकट समाधान हुन नसकेको उल्लेख गरे ।
'दलहरुमा विश्वासको संकट छ। विश्वासको संकट हुनुमा अरुको दोष छैन, माओवादीको मात्र छ,' उनले भने ।
एकिकृत माओावादी आश्वासन मात्र दिने तर सहमति कहिल्यै पनि लागु नगर्ने भएका कारण बिश्वासको संकट उत्पन्न भएको उनको भनाइ थियो।
१२ बुँदे सहमतिदेखि अहिलेसम्म माओवादीले सहमतिको पालना नगरेको उनको आरोप थियो।
'अहिले सम्म जग्गा फिर्ता भएको छैन। दाङबाट शुरु गर्ने भनियो त्यो पनि भएन, पछि बर्दियाबाट गर्ने भनेर प्रचण्ड नै आए, अझै सम्म फिर्ता भएको छैन,' उनले भने, 'माओवादीले सहमती पालना नगरेकाले बिश्वासको वातावरण बन्न सकेको छैन।'
विश्वासको बतावरण बन्न नसकिराखेको बेला दलहरु सँग सहमती नै नगरी चुनाव घोषणा गरेर 'संवैधानिक संकट निकासका, राजनीतिक संकटका लागि संघर्ष र वार्ता सँगसँगै गरिराखेका छौं, 'उनले भने ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको धनगढीमा शुक्रबार शुरु हुने आठौ केन्द्रीय परिषद् भेलामा सहभागी हुन उनी धनगढी आएका हुन।