बीरगन्ज, साउन १० - सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले राजनीतिक समस्याको समाधानको सबैभन्दा उपयुक्त विकल्प संविधानसभाको निर्वाचन हुनसक्ने बताएका छन् ।
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले मुलुकमा निर्वाचनमा जाने वा संविधानसभा पुनःस्थापना गर्नुपर्ने बहस चलिरहेको बताए । 'मेरो विचारमा संविधानसभाकै निर्वाचन गर्नु सबैभन्दा उपयुक्त विकल्प हो,' उनले भने 'लोकतन्त्रमा जनता नै निर्णायक शक्ति भएकाले अब निर्वाचनमा जानाको विकल्प छैन ।'
मन्त्री यादवले संविधानसभाबाटै नयाँ संविधान निर्माण गर्नुपर्छ भन्दै संविधानसभाकै निर्वाचनमा सहमति जुट्नेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गरे । मधेसी, जनजाति र दलितलगायतका उत्पीडित तथा उपेक्षित वर्ग एवम् समुदायको माग पनि त्यही हो, त्यसैले संसद् वा संविधानसभा केको निर्वाचन गर्ने भन्नेमा बहस जरुरी छैन,' उनले भने' 'संविधानसभाको निर्वाचनबाट बन्ने संविधानसभाले नै मुलुकको अग्रगामी परिवर्तन गर्न सक्छ।'
फोरम(गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष समेत रहेका यादवले अहिले मुलुकमा देखिएको संवैधानिक र राजनीतिक सङ्कटको समाधानका लागि दलहरुबीच सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए । नेपाली जनताले चाहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण, निर्वाचन, समावेशी र संयुक्त सरकार गठनलगायतका विषयमा प्याकेजमै हुनुपर्नेमा उनले जोड दिए ।
सहमतिको सरकार गठन गर्नका लागि राष्ट्रपतिले दलहरुलाई आग्रह गर्नुभएको छ तर नेपाली कांग्रेस र नेकपा (एमाले) का कारण सहमतिको सरकार गठन हुने परिस्थिति तत्काल नदेखिएको आरोप उनले लगाए । यस्तो अवस्थामा यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारको आकार दिएर संविधानसभा निर्वाचनको विकल्पलाई अङ्गीकार गर्नु नै आजको आवश्यकता भएको बताए । रासस