काठमाडौं, वैशाख ५ (नागरिक)- सूर्य नेपाल गल्फ टुर अन्तर्गत यो सिजनको पहिलो प्रतिस्पर्धा 'पाइलट गल्फर्स एनपिजिए' को उपाधिमा रवि खड्काले कब्जा जामाएका छन्।
प्रतियोगिताको अन्तिम दिन शनिबार रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा तीन ओभरमा सत्तरी अंक जोडेपछि उनले उपाधिमा कब्जा जमाएका हुन्। समग्रमा दुईसय १७ अंकसहित खड्काले उपाधी जित्न सफल भए। दोस्रो दिनका लिडर दिपक थापामगरले शनिबार छ ओभर त्रिहत्तरमा खेल सकाउँदा दोश्रो स्थान प्राप्त गरे भने पूर्ण शर्मा तेस्रो भए।
रविले उपाधिसँगै ४६ हजार रुपैयाँको नगद पुरस्कार पनि हात पारेका छन्। दोस्रो थापा मगर र तेस्रो शर्माले क्रमशः ३१ र २१ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन्।
एमेच्योरतर्फ रुपक आचार्यले उपाधिमा कब्जा जमाए। रुपकले दुईसय ३७ अंकसहित उपाधि जितेका हुन्। प्रतियोगितामा २१ प्रोफेसनल र छ एमेच्योर खेलाडी प्रतिस्पर्धामा थिए।