ललितपुर, असार ५- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा उत्पन्न राजनीतिक सङ्कटको निकासका लागि संसदको निर्वाचन गरिनुपर्ने र त्यसका लागि चुनावी सरकार गठन हुनुपर्ने बताएका छन्।
बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा फोरम नेपालको काठमाडौं-सप्तरी सम्पर्क समितिको उद्घाटन गर्दै उनले मुलुकको गतिरोधको अन्त्य गर्ने उचित विकल्प संसदीय निर्वाचन हो भन्दै राजनीतिक दलहरूवीच तत्काल सहमति गरी चुनावी सरकार गठन गर्नुपर्ने बताए।
अन्तरिम संविधानमा एकचोटिमात्र संविधान सभाको निर्वाचन गर्न सक्ने प्रावधान रहेकाले दोस्रो पटक संविधान सभाको निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष यादवले संविधान सभाको पूनःस्थापनाको तर्क पनि असान्दर्भिक भएको उनले बताए।
उनले अहिलेको विवादित विषयमा सहमति खोज्नुभन्दा पनि संसदीय निर्वाचनका लागि कति निर्वाचन क्षेत्र हुने र कुन विधिबाट निर्वाचन गराउने भन्नेमा सहमति खोज्नुपर्ने स्पष्ट पारे।
फोरम नेपाल काठमाडौं-सप्तरी सम्पर्क समितिका संयोजक विनिता यादवले मधेसी, महिला, आदिवासी, उत्पीडित एवम् पिछडिएका वर्ग र समुदायको अधिकार ग्यारेन्टी हुने नयाँ वैधानिक विधि सहमतिका आधारमा तय गरिनुपर्ने बताए। रासस