काठमाडौं, असार २४ (नागरिक)- तीनपटकको च्याम्पियन भक्तपुरको सैनिक आवासीय महाविद्यालय यो वर्षको कोकाकोला अन्तरविद्यालय राष्ट्रिय छात्र फुटबलको अन्तिम चरणलाई छनोट भएको छ। शनिबार समूह 'ए' को फाइनलमा साइनिङ स्टार स्कुललाई ३-० ले हराउँदै साविक विजेता सैनिक स्कुलले अन्तिम चरण तय गरेको हो।
सैनिकको जितमा मन्दिप रोकाले दुई र सञ्जिव रानामगरले एक गोल गरे।
मध्यमाञ्चलबाट छनोट हुने सैनिक महाविद्यालय पहिलो स्कुल हो। मध्यमाञ्चलबाट अझै तीन टोली छनोट हुन बाँकी छ।
सानो गौचरनमा शनिबारै भएका समूह चरणका अन्य खेलमा जेम्स स्कुल, साइरिस उमावि, मनमोहन मेमोरियल र अक्सिडेन्टल पब्लिक स्कुल विजयी भएका छन्।
हरिशंकर यादवको ४ गोलसँगै जेम्सले बालप्रेमी उमाविलाई ७-१ ले हरायो। पहिलो मिनेटमै गोलको खाता खोलेका जेम्सका विजय केसीले पनि ह्याटि्रक पूरा गरे। बालप्रेमीबाट एकमात्र गोल सजमिन बस्नेतले गरे।
अनुप मानन्धरको निर्णायक गोलमा साइरिसले एनके सिंह इपिएसलाई २-१ले पराजित गर्यो। मिलन बलामीको गोलबाट साइरिसले २०औं मिनेटमा अग्रता लिए पनि इपिएसका आर्दश केसीले ६६औं मिनेटमा बराबरी गोल फर्काए। बराबरीको दुई मिनेटपछि अनुपले निर्णायक गोल गरे।
नाम्स एकेडेमीमाथि मनमोहन मेमोरियलले ३-० को नतिजा निकाल्दा धनबहादुर राई, रोशन राई र धीरज रेग्मीले गोल गरे।
रविन ढुंगेलले दुई गोल गर्दा अक्सिडेन्टलले सेन्ट पल स्कुललाई २-१ ले हरायो। सेन्ट पलका संगत बस्नेतले एक गोल फर्काए।
त्यस्तै ओमेगा इन्टरनेसनलले हिमालयन इन्टरनेसनल स्कुलबाट वाकओभर पायो।
खेलकुद मन्त्रालयको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना एवम् बोटलर्स नेपाल लिमिटेडको कोकाकोला मुख्य प्रायोजक रहेको प्रतियोगिताको छात्रतर्फ अन्तिम चरणमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसमा मध्यमाञ्चलका ४, पूर्वाञ्चल र पश्चिमाञ्चलका ३-३, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका १-१ टोलीले प्रवेश पाउने छन्।