आठ मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएनन्
११ असार २०६९
•
२ मिनेट पाठ
आठ मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएनन्
काठमाडौं, असार १२ (नागरिक)- मन्त्री भएको डेढ महिना बिते पनि आठ मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन्। मन्त्री भएको १५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ। अहिलेसम्म १० जना मन्त्रीले मात्रै सम्पत्ति विवरण बुझाएका छन्।
 

सम्पत्ति विवरण नबुझाउनेमा सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, उद्योगमन्त्री अनिलकुमार झा, भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने, वनमन्त्री यदुवंश झा, श्रम तथा रोजगार मन्त्री कुमार बेलवासे, सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकाल र वातावरण विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्य छन्। मन्त्रिपरिषद्को वेवसाइटमा प्रधानमन्त्री बाबुराम भट्टराईसहित ११ जनाले मात्रै सम्पत्ति विवरण बुझाएको उल्लेख छ।

'प्रचलित मान्यताअनुसार मन्त्री नियुक्त भएको १५ दिनभित्र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने हो,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणी पौडेलले भने 'प्राप्त विवरण सवै मन्त्रिपरिषद्को वेबसाइटमा राख्ने गरेका छौं।'

प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले मन्त्री नियुक्त भएलगत्तै उनीहरुले सम्पत्ति विवरण बुझाउने प्रचलन रहेको बताए। 'नियुक्त भएलगत्तै बुझाउनुपर्ने परम्परा हो,' उनले भने 'हामीले जानकारी गराउने गरेका छौं।' कार्यालयका एक अधिकारीले भने पटक-पटक ताकेता गर्दा पनि आठ मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएको बताए।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा २०४८ सालमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरी प्रधानमन्त्री र मन्त्री पदमा बहाली भएको १५ दिनभित्र सम्पत्ति बुझाउनुपर्ने नियम बनाएको थियो।
अर्को समाचार
१२ मन्त्रीले सम्पति विवरण बुझाएनन्
०८ माघ २०६६
•
३ मिनेट पाठ
१२ मन्त्रीले सम्पति विवरण बुझाएनन्
काठमाडौं, माघ ९ (नागरिक)- १२ जना मन्त्रीले बहाली भएको लामो समयसम्म आफ्नो सम्पत्ति विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐन उल्लंघन गरिरहेको जानकारी प्राप्त भएको छ। उनीहरूले दुई महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने ऐनको अनिवार्य व्यवस्थालाई बेवास्ता गरेका हुन्।
प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार, स्वकीयसचिव र विभिन्न संस्थानमा नियुक्त महाप्रबन्धकहरूले समेत सम्पत्ति विवरण नबुझाएका छैनन्।

जेठ ११ गते गठित मन्त्रिपरिषद्का ४४ सदस्यमध्ये १२ जनाले हालसम्म मन्त्रिपरिषद् सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन्। प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण ऐनअनुसार मन्त्रिपरिषद् सचिवालयमा बुझाउने र सार्वजनिक गर्ने परम्परा छ।

भ्रष्टाचार ऐनमा प्रधानमन्त्री, मन्त्री, तिनका सल्लाहकारसहित सार्वजनिक पदमा रहेका सबैले बहाली भएको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने अनिवार्य व्यवस्था छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने मन्त्री, सल्लाहकार, स्वकीयसचिव र महाप्रबन्धकहरूलाई कारबाही नगरी उन्मुक्ति दिइरहेको स्रोतले बतायो

ऐनअनुसार राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने मन्त्री, सल्लाहकार, कर्मचारी सबैको विवरण अख्तियारलाई दिइसकेको छ।

अख्तियारले सम्पत्ति विवरण नबुझाउने मन्त्रीसहित सबैलाई ५ हजार जरिवाना गरी अनिवार्य रूपमा विवरण बुझाउन निर्देशन जारी गर्नुपर्नेमा सबैलाई उन्मुक्ति दिइरहेको छ।
ऐनमा अख्तियारले विवरण नबुझाउनेले सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा छानबिन अघि बढाउनसक्ने व्यवस्थासमेत छ।

सम्पत्ति विवरण नबुझाउनेमा मन्त्रीहरू
विद्या भण्डारी,
आफ्ताव आलम,
लक्ष्मणलाल कर्ण,
सर्वदेवप्रसाद ओझा,

राज्यमन्त्री
इन्द्रप्रसाद ढुंगेल,
सञ्जयकुमार साह,
रामबच्चन अहिर यादव,
करिमा बेगम,
सरोजकुमार यादव,
गोविन्द चौधरी

सहायक मन्त्री
कलावतीदेवी दुसाध
चन्दा चौधरी

सम्पत्ति विवरण नबुझाउने सल्लाहकार
प्रधानमन्त्री माधवकुमार नेपालका प्रमुख सल्लाहकार रघुजी पन्त,
सल्लाहकारहरू
राजन भट्टराई, कल्याणी खड्का, राजेन्द्र राई, विष्णु रिजाल,
स्वकीयसचिव यादव शर्मा
अरू मन्त्रीका सल्लाहकारले समेत सम्पत्ति विवरण बुझाएका छैनन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस