काठमाडौँ, वैशाख ५ (नागरिक)- नेपाल पुलिस क्लब र बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीबीच शनिबार भएको मैत्रिपूर्ण खेलमा बङ्गलादेशले पुलिस क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको छ।
हलचोक फुटबल मैदानमा भएको खेलमा बङ्गलादेशका अरमान अजिजले खेलको २० औँ मिनेटमा एक गोल गरेका थिए।
नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले खेलको राम्रो तयारी नभएको स्वीकार गरे।
प्रथम प्रधानमन्त्री अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा बङ्गलादेशको आरामबाग क्लबसँग नेपाल रातो टिमले एक गोलको बराबरी खेलेको थियो।