काठमाडौं, जेठ ११ (नागरिक)- नेपाली टोलीले अपराजित रहँदै एएफसी यु-१४ फेस्टिभल अफ फुटबलको अन्त्य गरेको छ। सातदोबाटोमा भएको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३-० ले हरायो। सोही दिन भारतले भुटानलाई ६-० र श्रीलंकालाई २-० ले हराए।
दुई साताअघि सुरु फेस्टिभलको पछिल्लो पाँच दिन नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान २-२ टोलीले प्रतिस्पर्धा गरेका थिए। फर्म्याट-१ अन्तर्गत सबै राष्ट्रका दुवै टोलीले ३० मिनेटको खेल खेले। त्यसपछि फर्म्याट-२ अन्तर्गत हरेक राष्ट्रको एउटा टोलीले ६० मिनेटको खेल खेल्यो। ३० मिनेटका ७ मध्ये ५ जित र २ खेलमा बराबरी गरेको नेपालले ६० मिनेटका तीनवटै खेल जित्यो।
वैशाख २८ मा सुरु फेस्टिभलदौरान सी लाइसेन्स कोचिङ कोर्स, रेफ्री कोर्स तथा प्रमुख प्रशिक्षक र फिजियोथेरापिष्टको वर्कसप पनि भएको थियो। सबै कोर्समा फेस्टिभलमा सहभागी पाँचै राष्ट्रका प्रशिक्षार्थीले भाग लिएका थिए। सी लाइसेन्समा १६ र रेफ्री कोर्समा १८ जना सहभागी थिए। दुवै कोर्समा १०-१० नेपाली सहभागी थिए।
बुधबार समापनसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले फेस्टिभल अफ फुटबलमा भाग लिने पाँचैं राष्ट्रका खेलाडीलाई प्रमाणपत्र प्रदान गरेका थिए।