मोर्चा संविधानबाट नहट्ने
०४ जेष्ठ २०६९
•
६ मिनेट पाठ
मोर्चा संविधानबाट नहट्ने
काठमाडौं, जेठ ५ (नागरिक) -एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिने सहमति भएको छ। पहिचान सहितको संघीयता नभए सरकारबाट हट्ने चेतावनी दिएको मोर्चाले माओवादीसँग आफूहरू शान्ति र संविधान निर्माणकै पक्षमा रहने प्रतिबद्धता जाहेर गरेको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मोर्चाले शान्ति र संविधान निर्माण प्रक्रिया नछाड्ने प्रतिबद्धता दोहोर्‍याएको छ। पहिचानबिना ११ प्रदेशको निर्णयमा मोर्चाले असहमति दोहोर्‍याएको छ।
११ प्रदेशलाई जातीय पहिचान दिनुहुन्न भन्ने निर्णय नभएकाले छलफलबाट अघि बढ्ने सहमति भएको छ। कांग्रेस र एमालेका कारण पहिचान बिनाको प्रदेशमा सहमति भएकाले त्यसलाई मुद्दा नबनाउन माओवादीले मोर्चालाई आग्रह गरेको थियो।
बालुवाटारमा बिहान तीन दलसँगको छलफलपछि माओवादी-मोर्चा छुट्टै वार्ता भएको थियो। तीन घन्टा चलेको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल मोर्चाका नेताहरूसँग कडा रूपमा प्रस्तुत भएका थिए।
बालुवाटार स्रोतले दाहालको भनाइ उद्धृत गर्दै नागरिकसँग भन्यो, 'तपाईंहरू शान्ति, संविधान निर्माण छोडेर बाहिर कहाँ जान खोज्नुभएको? के तपाईंहरूको जिम्मेवारी छैन? संविधान बने सबै रहिन्छ, नभए सबै हुँदैनौं।'
सबैलाई जनताले चुनेर पठाएकाले जनताबाट कोही भाग्न नसक्ने तर्क दाहालले गरेका थिए। 'पहिचान बिनाको संघीयता हुँदैन भन्ने तर्क गलत छ, त्यसबारे छलफल हुन बाँकी छ, अहिले कुन परिस्थितिमा सहमति गरिएको छ सबैले बुझ्नु भएकै छ, सरकार, संविधानसभा छोड्छौं भन्नुहुन्छ, जेठ १४ मा संविधान नबनाएर जनताका अगाडी कसरी जानुहुन्छ?' दाहालले प्रश्न गरे।
मोर्चाका नेताहरूले आफूहरू शान्ति र संविधान विरोधी नभएको दोहोर्‍याएका थिए। पहिचानबिनाको प्रदेश आफूहरूलाई मान्य नहुने धारणा राखेको स्रोतले बतायो। सहमतिअनुसार आगामी बन्ने राष्ट्रिय सहमतिको सरकारमा आफ्नो हैसियत के हुनेबारे मोर्चाले माओवादीसँग प्रश्न गरेको थियो।
'शान्ति र संविधानबाट बाहिर जाँदैनौं भन्ने बारम्बार दोहोर्‍याए, पाँचबुँदे सहमतिको एक शक्ति मोर्चा पनि रहेकाले आगामी नयाँ नेतृत्व सरकारमा अहिलेकै अवस्था यथावत हुनुपर्छ भन्ने धारणा राखे,' स्रोतले भन्यो।
'पहिचानबिनाको संघीयता हामीलाई मान्य हुँदैन भन्नेमा छलफल भयो। अहिले पहिचानबिना ११ प्रदेशमा सहमति भएको कांगे्रस र एमालेका कारण हो, माओवादीले एजेन्डा छाडेको छैन भन्ने उहाँहरूले प्रष्ट पार्नुभयो', मोर्चाका नेता तथा भौतिक योजनामन्त्री हृदयेश त्रिपाठीले भने।
संविधानसभा सार्वभौम सम्पन्न भएकाले विषयगत समितिबाट पारित निर्णय अस्वीकार गर्नु जनमतको अपमान भएको त्रिपाठीले बताए। 'सार्वभौम सम्पन्न संविधानसभाका विषयगत समितिले गरेका निर्णयबाहेक अर्को विचार प्रत्युपादन गर्न कसैले सक्दैन भन्ने छलफल भयो,' त्रिपाठीले भने।
राष्ट्रिय सहमतिको सरकारका लागि मोर्चा समेतको संलग्नमा ५ बुँदे सहमति भए पनि तीन दलबाट जुन ढंगले पहिचानबिना प्रदेशमा सहमति गरियो त्यो प्रक्रियामा आफ्नो असहमति रहने त्रिपाठीले बताए।
'११ प्रदेश त्रिदलीय सहमति हो, हामीले स्वीकार गरेका छैनौं, पाँचबुँदेका आधारमा भएको नयाँ सहमतिमा हाम्रो पनि स्वीकार्यता हुनुपर्छ भनिएको हो,' उनले भने।
११ प्रदेशमा सहमत भए पनि मोर्चाले पहिचानको आधार भने छोडेको छैन। पहिचानको आधारमा संघीय प्रदेश नबने सरकार, संविधानसभा छाड्ने बारे मोर्चामा छलफल चलेको उनले बताए। 'हाम्रो माग सम्बोधन नभए सरकार र संविधान सभा छोड्ने छलफल भएको हो,' त्रिपाठीले भने।
विषयगत समितिले टुंग्याएका विषय छाडेर जान नसकिने भएकाले पहिचानको मुद्दामा छलफल गरेर अघि बढ्ने माओवादीसँग सहमति भएको उनले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस