काठमाडौं, जेठ २ (नागरिक) - एमाले स्थायी कमिटी बैठकले जेठ १४ मा संविधान जारी गर्ने बाँकी रहेका विषयलाई रूपान्तिरत संसदले टुंग्याउने प्रस्ताव दलहरूसँग गरेको छ। ७ देखि ११ प्रदेशसम्म पार्टीले विकल्प खुला गरेकाले जुनै संख्यामा पनि एमाले सहमत हुन तयार रहेको निष्कर्षसहित त्यस्तो प्रस्ताव गरेको हो।
पार्टी संसदीय दल सिंहदरबारमा सोमबार बसेको स्थायी कमिटी बैठकले प्रदेश संख्यामा सबै विकल्प खुला गर्दै सहमतिकै आधारमा जेठ १४ मा संविधानको मस्यौदा जारी गरिनुपर्ने प्रस्ताव दलहरूसँग लाने निर्णय गरेको थियो।
संविधानसभाको म्याद थप गर्न नसक्ने निर्णय गरेको जानकारी दिँदै उपाध्यक्ष वामदेव गौतमले भने, 'पहिलो प्रयास सबै विषय टुंग्याएर संविधान जारी गर्ने हो। केही विषय टुंगो लागेन भने रूपान्तिरत संसदले टुंगो लगाउँछ।'
संघीयताको विषय मिले लागे शासकीय स्वरूप, नागरिकता, न्यायालयका विषय सजिलै टुंगिने उनले बताए। गौतमले पार्टीको बटमलाइन ११ प्रदेश हुने पनि बताए।