काठमाडौं, वैशाख २१ (नागरिक)- एएफसी प्रेसिडेन्ट्स कपको अन्तिम चरण पुग्ने लक्ष्यसहित राष्ट्रिय तथा ए डिभिजन च्याम्पियन नेपाल पुलिस क्लब बुधबार कम्बोडिया भ्रमणमा निस्केको छ। पुलिस सम्मिलित समूह 'बी' का खेल शनिबार सुरु हुँदैछ। कीर्गिस्तानको विस्केकसँग खेल्दै पुलिसले छनोट चरणको यात्रा थाल्नेछ।
अन्तिम चरण प्रवेशका लागि उक्त समूहमा आयोजक कम्बोडियाको नोम फेन एफसी र भुटानको यडजिन पनि प्रतिस्पर्धामा छन्। राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली अन्तिम चरणमा पुग्नेछन्।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले टोली अत्यन्तै दबाब रहेको दोहोराएका छन्। ' प्रेसर अति छ,' विदाइपछि श्रेष्ठले भने,' पुलिसले एउटा नाम र उचाइ कमाइसकेको छ। त्यसलाई जोगाउने दबाब छ। डर होइन, सिमित खेलाडी भएकोले अलि बढी चिन्ता चाहि छ।'
सिमित खेलाडी र त्यसमा पनि केही खेलाडी घाइते भएकाले सबै पोजिसनमा समस्या रहेको श्रेष्ठले प्रष्ट्याए। ' लगभस सबै पोजिसनमा समस्या छ , त्यसका बावजुद पनि हाम्रो मन भने दह्रो छ,' उनले थपे।
शनिबार सकिएको ब्रिटिस गोर्खा कपका दौरान घाइते भएका कप्तान जुमानु राईले पनि प्रशिक्षक श्रेष्ठको भनाईमा सहमति जनाउँदै भने,' अहिले हाम्रोमा स्ट्राइकरको अभाव छ। भरत खवासको अभाव खड्किएको छ। म आफै पनि घाइते छु। त्यसैले दबाब छ। यद्दपी म जति सक्दो खेल्ने प्रयास गर्नेछु। ' अघिल्लो सिजन पुलिसमा आबद्ध भएका भरतले प्रहरी सहायक निरिक्षकको परिक्षामा असफल भएपछि उनले यसै साता क्लब छोड्ने निर्णय गरेका थिए।
जुमानुले आफु ठिक नभए विङ्गरद्वय भोला सिलवाल र योगेश श्रेष्ठले फरवार्ड लाइन सम्हाल्ने सम्भावना रहेको बताए। ' म नहुदा भोला र योगेशले फरवार्ड लाइनमा खेल्न सक्छन् ,' जुमानुले भने,' तर आफ्नो पोजिसन छोडेर खेल्नुपर्दा उनीहरुलाई केही अप्ठेरो हुन सक्छ।'
उनले डोर्डोइविरुद्धको नतिजा बढी अर्थपूर्ण हुने अनुमान लगाए। 'हाम्रो लागि आइरन गेट नै त्यहि हो। त्यो खेल जित्ने वा बराबरी गर्न सके हामी फाइनल चरण पुग्न सक्छौं,' उनले भने।
जुमानुको भनाईमा प्रशिक्षक श्रेष्ठ पनि सहमत देखिए। 'डोर्डोइ राम्रो टिम हो, त्यो टोलीसँगको खेल नै महत्वपूर्ण हुनेछ,' उनले अनुमान लगाए,' विकासको क्रममा रहेकाले नोम फेन पनि बलियो नै हुन सक्छ। मलाई त्यो टोलीको बारेमा त्यति जानकारी छैन। भुटानको राष्ट्रिय टोलीनै कमजोर भएकोले त्यहाको क्लबलाई हराउन सक्छौं भन्ने विश्वास छ।'
पुलिस टोलीलाई विदाइ गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले पुलिस दोस्रो चरण पुग्नेमा आशावादी रहेको बताए। ' पुलिसको नेपाली फुटबलमा आफ्नै इतिहास र योगदान छ। प्रेसिडेन्ट्स कपमा फाइनल पुग्ने पनि देशको एउटै क्लब पुलिस हो,' पुलिसको प्रशंसामा उनले थपे,' पुलिस राष्ट्रियसँगै ए डिभिजन लिग र अहिले आएर ब्रिटिस कप जित्न सफल भएको छ। यसले पनि पुलिस अगाडी बढ्नेमा हामी आशावादी छौं।'
थापाले स्टार खेलाडी नभएपनि सफलता पाउन सकिन्छ भन्ने प्रमाण पुलिसले दिएको बताए। 'स्टार खेलाडी भएर मात्र हुन्न भन्ने पुलिसले प्रमाणित गरेको छ। पुलिस सफल हुनुमा मुख्य कारण खेलाडीको समर्पण हो। पुलिससँग टिम स्पिरिड छ ,' उनले भने।
पुलिस क्लबको मुख्य प्रायोजक नेपाल टेलिकमका उप महानिर्देशक सुरेन्द्र थिकेले खेलाडीलाई शुभकामना दिदै पुरा मनले खेल्न र त्यसबाट आउने नतिजालाई स्वीकार्नु पर्ने सुझाव दिए।
पछिल्लो छ बर्षमा पुलिसको यो पाँचौं सहभागिता हो। सन् २००७ को पहिलो सहभागितामा फाइनल सम्म पुगेको पुलिस २००८ मा सेमिफाइनलमा पुगेको थियो। त्यसपछिका दुई संस्करण (२००९ र २०११) मा भने टोली पहिलो चरणबाटै बाहिरीएको थियो। प्रहरी अतिरिक्त महानिरिक्षक किरणकुमार गौतमको नेतृत्वमा कम्बोडिया प्रस्थान गरेको टोली १८ खेलाडी सहित २९ सदस्यीय छ।