तिलक पाठक, काठमाडौं, वैशाख १३- प्रमुख तीन दलसहित मधेशी मोर्चाका नेताहरुबीचको छलफल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको मिश्रित शासकीय स्वरुपमा सहमति हुनेतर्फ उन्मुख छ।
जनतावाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कम अधिकार र संसदवाट निर्वाचित प्रधानमन्त्रीलाई कार्यकारी अधिकारको ब्यवस्था गरिने 'यो प्रणाली नेपालमा टिकाउ हुँदैन' भन्नेमा नेताहरु सहमत छन्। तैपनि, उनीहरु भविष्यमा टकराव आउन सक्ने यही वाटोतर्फ डोरिएका छन्।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा छाडन नसकिने माओवादी अडान र संसदीय प्रणाली नै हुनुपर्ने नेपाली कांग्रेसको अडानका कारण मध्यमार्गी विकल्पको रुपमा मिश्रित स्वरुप आएको हो। निकट भविष्यमै द्धन्द्ध निम्तिन सक्ने मिश्रीत प्रणालीको उपाय खोज्नुमा दलहरुको आ-आफनै चासो र स्वार्थ छन्।
जानकारहरुका अनुसार 'दलहरुले आफनो जनमत र संविधान निर्माण लगत्तै हुने निर्वाचनलाई हेरेरै अडान राखेका छन् । जसको मिलनविन्दु मिश्रीत प्रणाली देखिएको हो।' ब्यवस्थापिका संसदमा सबैभन्दा ठुलो दल रहेको एकीकृत माओवादी 'जतिसुकै अधिकार भएको किन नहोस्, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा'वाट पछि नहटने अडानमा छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजानिक कार्यक्रममार्फत नै 'प्रत्यक्ष निर्वाचित राष्ट्रपति कुनै हालतमा नछाडने' उद्घोष गरेका छन्।
माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डाको अडान राख्नुमा दुई कारण देखिएका छन् : पहिलो, पार्टीको एजेण्डा र दोस्रो, आगामी निर्वाचनमा पनि अन्य पार्टीको भन्दा धेरै जनमत प्राप्त गर्ने आत्मविश्वास। यता, काग्रेस पनि लामो समयदेखिीको संसदीय ब्यवस्थाप्रतिको प्रतिवद्धता तोडने पक्षमा छैन। काग्रेस नेताहरुले 'कुनै न कुनै किसिमको संसदीय ब्यवस्था'मा मात्रै पार्टीको अस्तित्व देखेका छन्।
माओवादीको 'जति सुकै कम अधिकार नभएको किन नहोस्, प्रत्यक्ष निर्वाचित राष्ट्रपति' र काग्रेसको 'जस्तोसुकै भएपनि संसदीय चरित्रको ब्यवस्था' भन्ने 'वटमलाइन'का कारण 'दुवैको एजेण्डा र अस्तित्व समेटिने मिश्रीत स्वरुप'को ब्यवस्थामा सहमती हुन सक्ने स्थिती देखिएको हो। यो प्रणालीले माओवादीको प्रत्यक्ष निर्वाचित राष्ट्रपति र काग्रेसको संसदवाट निर्वाचित प्रधानमन्त्री दुवैको एजेण्डालाई समेटने नेताहरु बताउछन्।
एमाले नेता सुरेन्द्र पाण्डे 'माओवादीले भनेजस्तो कार्यकारी राष्ट्रपति पनि नहुने र काग्रेसले भनेजस्तो संसदीय पनि नहुने अवस्थामा दुवैको अडान समेटिएको मिश्रित प्रणालीमा सहमति हुने' बताउछन्। 'भविष्यमा द्धन्द आउछ भन्ने थाहा हुँदाहुँदै पनि त्यही विकल्पमा जाने संभावना छ', पाण्डेले भने, 'अहिलेको समस्या टार्न मात्रै यो विकल्प आएको हो।'
काग्रेसका नेताहरुले पनि यसलाई तत्कालको समस्यावाट उम्किने उपाय भएको बताएका छन्। 'माओवादी, एमाले, मधेशी मोर्चा सबैले मान्ने तर काग्रेसकै कारण अडचन देखापर्यो भने मात्रै हामी मिश्रीत ब्यवस्था मान्छौं', काग्रेसका एक वार्ताकारले भने, 'तर, यो ब्यवस्था नेपालको लागि कुनै हालतमा पनि सुहाउदो छैन। निकट भविष्यमै अर्काे द्धन्द देखापर्छ।' यसरी मिश्रीत ब्यवस्था दलहरुको लागि तत्कालको समस्या टार्ने बाध्यता बनेको छ।
'माओवादीलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्ने नाम चाहिएको छ', एमाले सभासद रविन्द्र अधिकारीले भने, 'काग्रेसलाई टेक्न सकिने ठाउँ संसदीय ब्यवस्था मात्रै हो भन्ने लागेको छ।' संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहँदा त विवाद र द्धन्द देखा पर्ने मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको ब्यवस्था गर्ने तर कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिने ब्यवस्था टिकाउ नहुने अधिकारीले बताए। उनले 'मिश्रीत स्वरुपको ब्यवस्था अपनाइए अर्को किसिमको संक्रमणकालमा प्रवेश गर्ने' बताए।
दुवै दलको अडानवीच एमालेले अघि सारेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदवाट निर्वाचित आलङकारिक राष्ट्रपति पनि चर्चामा रहेको छ। कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने भएका कारण माओवादी यो विकल्पमा केही लचिलो भएपनि काग्रेसका शीर्ष नेताहरुले अस्वीकार गरेका छन्। तर, काग्रेसका केही सभासद्हरु भने सम्झौता गर्न परे यो विकल्पमा गर्नुपर्ने पक्षमा छन्।
संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, काग्रेसले संसदवाट चुनिएको प्रधानमनत्री रहने संसदीय ब्यवस्था र एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेपनि दलहरुवीच सम्झौता खोज्ने क्रममा मात्रै मिश्रित ब्यवस्थाको विकल्प आएको हो। मुलुकले अवलम्बन गर्ने शासकीय ब्यवस्था अन्तराष्ट्रिय मुल्य, मान्यता र अनुभव अनुरुप तय गरिए मात्र टिकाउ हुने गर्छन्। दलहरुले सहमति जुटाउन खोजेको मिश्रीत ब्यवस्था अन्य मुलुकमा खासै अभ्यास भएको पाइदैन। दलहरुले यसलाई 'फ्रेन्च मोडल'को संज्ञा दिएपनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कम अधिकार दिने मोडल फिनल्याण्डमा अभ्यास भएको पाइन्छ। त्यहाँ राष्ट्रपतिलाई रक्षा र परराष्ट्रसम्बन्धी अधिकार मात्रै दिइएको छ।
नेपालमा पनि प्रमुख तीन दल सम्मिलित कार्यदलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने मिश्रीत ब्यवस्थाको विकल्प सुझाएको थियो। कार्यदलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई अहिलेको आलङकारिक राष्ट्रपतिले गर्दै आएको कामका अतिरिक्त विदेशी राजदुतको नियुक्ति र प्रधानमन्त्रीलाई जुनसुकै वेला पनि विश्वासको मत लिन निर्देशन दिन सक्ने अधिकार हुनुपर्ने सुझाएको थियो। अहिले त्यही कार्यदलको सुझाव वरिपरि नै दलहरुको छलफल केन्द्रीत भएको छ।
मंगलवारको वैठकमा माओवादी अध्यक्ष दाहालले रक्षा र परराष्ट्र नीतिसम्बन्धी कामका अतिरिक्त संवैधानिक नियुक्तिसम्बन्धी अधिकार राष्ट्रपतिलाई थप गर्नुपर्ने प्रस्ताव राखे। प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएपछि केही अधिकार थप गर्नुपर्ने माओवादी अडान छ भने प्रत्यक्ष निर्वाचित भएपनि अत्यन्तै कम मात्रै अधिकार राष्ट्रपतिलाई दिइनुपर्ने काग्रेसको जिकीर छ। अहिले नै अधिकारक्षेत्रका विषयमा देखिएका विवादले पनि यो मोडल अपनाइए भविष्यमा द्धन्द्ध निम्तयाउने कुरालाई नकार्न सकिदैन।