काठमाडौं, चैत २७ (नागरिक) -प्रमुख तीन दलबीच द्वन्द्व समाधानका दुई महत्त्वपुर्ण आयोग गठनमा भएको पूर्वसहमतिमा फेरि विवाद उत्पन्न भएको छ। शान्ति मन्त्रालयमा आइतबार भएको प्रमुख तीन दलका शीर्ष नेता बैठकमा कांग्रेस र एमालेले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनका विषयमा कानुन मन्त्रालयले पेस गरेको मस्यौदा विधेयक सहमतिविपरीत भएको भन्दै विरोध जनाएका थिए।
कांग्रेस-एमालेले दुवै आयोगको प्रकृति अस्थायी र एउटै खालको हुनुपर्ने भन्दै विधेयक पुनः सच्याउन आग्रह गरेका छन्। 'दुवै आयोगको मस्यौदा विधेयक दलहरूबीच भएको पूर्वसहमति विपरीत छ,' बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संवाददाताहरूसँग भने, 'सहमति अनुसार दुवै आयोगका मस्यौदा नआएकाले सच्याउन आग्रह गरेका छौं।'
तीन दलको बैठकमा पेस गरिएको विधेयकमा सत्य निरुपण तथा मेलमिलापका क्रममा पीडितले चाहे आममाफी दिनसक्ने राखिएको छ। बेपत्ता आयोगमा पीडितले चाहेमा आममाफी दिनसक्ने प्रावधान छैन। कांग्रेस-एमालेले सत्य निरुपण र मेलमिलाप आयोगमा आममाफी जुन कारणले राखिन्छ, सोहीकारण अनुसार बेपत्ता आयोगमा पनि प्रावधान हुनुपर्ने अडान राखेका छन्।
सत्य निरुपण तथा मेलमिलाप आयोगको मस्यौदा विधेयकमा पीडितले चाहेमा वा आयोगले उपयुक्त ठहर गरेमा आममाफिको लागि सरकारलाई सिफारीस गर्न सक्ने प्रावधान राखिएको छ।
पौडेलले द्वन्द्वकालमा भएका सबै घटना एउटै मान्यतामा राखेर हेर्नेगरी आयोग गठन गर्नुपर्ने बताए। उनले द्वन्द्व कसरी निरुपण गर्ने र कसरी समाजमा मेलमिलाप कायम गराउने भन्ने विषयमा मस्यौदा विधेयक अपूरो रहेकाले सहमति हुन नसकेको बताए।
बैठकले तीनै दलका विज्ञसँग छलफल गरी पुनः दुवै आयोगका मस्यौदा विधेयक तयार गर्ने सहमति गरेको छ। 'मस्यौदा विधेयकमा देखिएका कमजोरीबारे तीनै दलका विज्ञसँग छलफल गरी संसोधन गर्ने सहमति भएको छ,' पौडेलले भने।
बैठकमा एमालेले दुवै आयोगको अधिकार क्षेत्र स्पष्ट गर्नुपर्ने धारणा राखेको थियो। 'दुवै आयोगले विगतको द्वन्द्व समाधान गरी समाजमा मेलमिलाप कायम गर्ने भएकाले अधिकार क्षेत्र प्रष्ट तोकौं भन्ने हाम्रो भनाइ हो,' एमाले उपाध्यक्ष वामदेव गौतमले भने।
कांग्रेस-एमालेले कानुन मन्त्रालय मार्फत पेस भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको मस्यौदा स्थायी प्रकृतिको भएकाले पूर्व सहमतिअनुसार अस्थायी आयोग हु'नुपर्ने धारणा राखे। 'स्थायी प्रकृतिको आयोग बन्ने गरी मस्यौदा आएको थियो,' गौतमले भने, 'हामीले त्यसलाई परिमार्जन गरी अस्थायी आयोग बनाउन आग्रह गर्यौं, सोहीअनुसार कानुन मन्त्रालयले तयारी गर्ने सहमति भएको छ।'