काठमाडौं, चैत २४ (नागरिक)- लुम्बिनीले पहिलोपटक नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। चौथो संस्करणको फाइनलमा लुम्बिनीले काठमाडौंलाई ६ विकेटले पराजित गर्यो। प्रतियोगिताको इतिहासमा काठमाडौंको यो पहिलो हार हो। यसअघिका तीन संस्करण काठमाडौंले कुनै खेल नहारी जितेको थियो।
पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा टस जितेको लुम्बिनीले विपक्षी टोलीका सात खेलाडीलाई रनआउट पार्यो। काठमाडौंले ८ विकेट गुमाई १ सय ६४ रन बनायो। टोलीका किर्तन श्रेष्ठ दुवालले ४८ र कौशल रायमाझीले २१ रन बनाए। लुम्बिनीका सुनिल क्षेत्रीले १ विकेट लिए।
लुम्बिनीले १७.५ ओभरमा लक्ष्य पूरा गर्यो। म्यान अफ द म्याच रामप्रसाद पौडेलले ६४ र शंकर रेग्मीले २६ रन बनाए। काठमाडौंका जयसागर गिरीले २ विकेट लिए। काठमाडौंका कृतन म्यान अफ द सिरिजमा चुनिए। विजेता लुम्बिनीले १४ हजार र काठमाडौंले ७ हजार रुपैयाँ पुरस्कार पायो।