काठमाडौं असार २४ (नागरिक)- एसीसी महिला क्रकेट ट्वान्टी-२० प्रतियोगितामा नेपालको अपराजित यात्रा बुधबार रोकिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग २३ रनले पारजित भएपछि समूह विजेता बन्ने नेपालको सपना पूरा हुन सकेन।
नेपाल यसअघि चार खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। थाइल्याण्ड पाँच वटै खेल जितेर समूह 'ए'को विजेता टोली बनेको छ। बुधबार हुने अन्य खेलका नतिजापछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ। दुवै सेमिफाइनल खेल शुक्रवार हुनेछन्।
किन्नार ओभल मैदानमा थाइल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन बनाएको थियो।
नेपालका लागि नेरी थापाले सर्वाधिक ३ विकेट लिइन्। त्यस्तै सोनु खड्का, रुविना क्षेत्री, रेखा रावत र क्याप्टेन रितु कनौजियाले एक एक विकेट हात पारे।
जवाफमा ८१ रनको लक्ष्य सहित मैदानमा उत्रिएको नेपालले राम्रो सुरुवात गरे पनि विकेट जोगाएर खेल्न नसक्दा पराजय व्यहोर्यो। नेपाल १५.१ ओभरमा ५७ रनमा समेटिएको थियो।
नेपालका लागि ओपनर निरा राजोपाध्यायले सर्वाधिक १६ रन बनाइन्। त्यस्तै रितु १४ र सोनु ६ रनमा आउट भए।