काठमाडौं, फागुन २७ (नागरिक)- एसिसी यु-१९ महिला च्याम्पियनसिपको उपाधिमा ह्याटि्रक गरेको नेपाली टोलीलाई शनिबार प्रधानमन्त्री वावुराम भट्टराईले सम्मान गर्दैछन्। एक महिना अघि नेपालले कुवेतमा भएको प्रतियोगिताको फाइनलमा थाइल्यान्डलाई ६ विकेटले पराजित गरी प्रत्येक दुई वर्षमा हुने प्रतियोगिता लगातार तेस्रो पटक जितेको थियो।
नेपाल फर्केलगत्तै सरकारले विजेता टोलीलाई नगद २ लाख प्रदान गर्ने घोषणा गरेको थियो। प्रधानमन्त्री भट्टराईले एक कार्यक्रमका बीच प्रधानमन्त्री निवासमा नगदसहित प्रदान गर्न लागेका हुन्। सरकारले क्रिकेटमा नगद प्रदान गरेको यो सवैभन्दा ठुलो रकम हो।
नेरी थापाको कप्तानीमा नेपालले दुई वर्षअघि सिंगापुरमा दोस्रो पटक एसिसी यु-१९ महिला च्याम्पियनसिप जित्दा नेपाल सरकारले विजेता टोलीलाई १ लाख प्रदान गरेको थियो। रुविना क्षेत्रीको कप्तानीमा नेपालले यस पटक पनि त्यो विजयक्रमलाई निरन्तरता दियो। फाइनलमा उत्कृष्ट खेलाडी बनेकी रुविना प्रतियोगिताको पनि उत्कृष्ट खेलाडीमा चुनिएकी थिइन्।
यसैबीच आइसिसी विश्व ट्वान्टी-२० छनोटमा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय पुरुष टोली शनिबार साँझ युएई प्रस्थान गर्दैछ। प्रशिक्षक पुबुदु दासानायाके ४.४५ को उडानबाट अबुधावी हुँदै दुबई पुग्ने छन् भने व्यवस्थापक दिवाकर घले र कप्तान पारस खड्कासहितको १६ सदस्यीय टोली ६.४५ को उडानबाट सिधै दुबई पुग्ने छन्।
१६ राष्ट्रय सहभागि विश्वकप छनोटमा नेपालले मंगलबार हङकङसँग पहिलो खेल खेल्दै छ। शीर्ष दुई टोलीले श्रीलंकामा यसै वर्ष हुने ट्वान्टी-२० विश्वकपमा स्थान पाउने छ।