अमर खडका, इटहरी, फागुन २३- नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले जातीय संघीयताले मुलुक टुक्रने खतरा औँल्याएका छन्। 'जातीय संघीयताले देश टुक्रन्छ। संघीय राज्य गम्भिर विषय भएकोले सोच विचार गरेरमात्र निर्णय गर्नुपर्छ,' कोइरालाले भने।
नेका केन्द्रीय नीति तथा प्रतिष्ठान समितिले आयोजना गरेको पूर्वाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले संघीयताको खाका कोर्दा उत्तर र दक्षिण छिमेकी मुलुकसँग प्रत्येक राज्यको सम्बन्ध हुनुपर्ने बताए।
कार्यक्रममा पूर्वाञ्चलका १६ जिल्लाका पार्टी सभापति, सांसद, केन्द्रीय सदस्य र प्रत्येक निर्वाचन क्षेत्रका दुई जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ।
संघीयता, शासकीय स्वरुप र मधेसका मुद्दाबारे छलफल हुने उक्त प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ।