कराची, (पाकिस्तान), फागुन २२ (एजेन्सी)-अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेव ह्वाटमोरलाई पाकिस्तानी क्रिकेट टिमको नयाँ प्रशिक्षक नियुक्त गरिएको छ। ह्वाटमोरे ढाकामा आगामी साताबाट सुरु हुने एसियाकपबाट आफ्नो काम सुरुगर्ने छन्।
यस अघि ५७ वर्षीय ह्वाटमोरले श्रीलंंका, तथा बंगलादेशको क्रिकेट टिमलाई प्रशिक्षित गरिसकेका छन्।
उनको कार्यकालमा श्रीलंकाले सन् १९९६मा विश्वकप क्रिकेट उपाधि जितेको थियो। त्यसपछि सन् २०७मा बंगलादेश विश्वकप क्रिकेटको दोस्रो चरणमा पुगेको थियो।
ह्वाटमोरलाई दुई वर्षका लागि पाकिस्तानको जिम्मा दिइएको छ।
इंग्ल्यान्डका पूर्व खेलाडी जुलियन फाउन्टेनलाई क्षेत्ररक्षण प्रशिक्षक बनाइएको छ।