मधुसुदन गुरागाइँ, बनेपा, फागुन १४- छैटौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत ११ औं माउन्टेनबाइक क्रस कन्ट्री च्याम्पियनसीपमा पुरुषतर्फ अजय पण्डित क्षेत्रीले प्रथम स्थान प्राप्त गर्दै स्वर्ण पदक जितेका छन्। ३६ किलोमिटर दूरी २ घण्टा १ मिनेट १८ सेकेन्डमा पूरा गर्दै काठमाडौंका थापाले छैटौं राष्ट्रिय खेलकूद प्रतियोगिताकै पहिलो स्वर्ण हात पारेका हुन्। महिलातर्फ निर्जला ताम्राकार प्रथम भएर स्वर्ण पदक पाइन्।
२ घण्टा ६ मिनेट १५ सकेन्ड दूरी काठमाडौंका राजकुमार श्रेष्ठले रजत पदक हात पारे। काठमाडौंकै नारायणगोपाल महर्जन तेस्रो हुँदै कास्य पदक प्राप्त गरे।
२४ किलोमिटर दूरी १ घण्टा ५३ मिनेट ५९ सेकेन्ड प्रथम भएर महिलातर्फको स्वर्णपदक निर्जला ताम्राकारले जितेकी छिन्। नुवाकोटकी लक्ष्मीराना मगर र काठमाडौंकी सीता रिमालले क्रमशः दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जितेका छन्।
***
सुटिङ प्रतियोगिता उपत्यकामा सुरु
छैटौँ राष्ट्रिय खेलकुद अन्तर्गत १७ औँ महिला तथा १८ औँ पुरुष सुटिङ प्रतियोगिता सातदोबाटो स्थित सुटिङ रेञ्जमा सुरु भएको छ।
चार दिनसम्म चल्ने प्रतियोगितामा व्यक्तिगत तर्फ चार तथा टिम इभेन्ट्स तर्फ चार गरी आठ स्वर्ण पदकका लागि प्रहरी तथा पाँच विकास क्षेत्रका ७२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। जसमा ३६ जना महिला खेलाडी छन्।
छैँटौँ राष्ट्रिय प्रतियोगिताको आयोजक धनगढीमा सुटिङ् रेञ्ज नभएको हुनाले त्यसको आयोजना सातदोबाटो स्थित सुटिङ रेञ्जमा हुन लागेको हो ।