वेलिङ्टन, (न्युजिल्यान्ड), फागुन १३ (एजेन्सी)-कप्तान एबि डे भिल्लियर्सको सतकको मदतले दक्षिण अफ्रिकाले शनिबार पहिलो एक दिने क्रिकेट खेलमा न्युजिल्यान्डलाई छ विकेटले हराएको छ। यस जितकासाथै पाहुना टिमले तीन म्याचको शृङ्खलामा १-०को अग्रता हासिल गरेको छ।
डे भिल्लीर्सले १३ औँ सतकका रुपमा अविजित १ सय ६ रन बनाएपछि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको नोक्सानमा बनाएको २ सय ५३ रनको योगफललाई दक्षिण अफ्रिकाले २८ बल बाकी छदै पार गरेको थियो। कप्तानले त्यस क्रममा जेपि डुमिनी (४६)सँग ९० रनका साझेदारी गरेका थिए। त्यस्तै फाफ डु प्लेसिस (६६)सँग १ सय २९ रनको साझेदारी गरेका थिए।
न्युजिल्यान्डका डोग ब्रेसवेल, मिल्स, जि साउदी, र जे निकोलले एक एक विकेट झारेका थिए।
यस अघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले कप्तान ब्रेन्डम म्याकलम र केन विलियम्सको अर्ध सतकको मद्धतले नौ विकेटमा २ सय ५३ रन बनाएको थियो। म्याकलमले ५६ र विलियम्सले ५५ रनको योगदान दिएका थिए।