लेखनाथ पाण्डे, काठमाडौं वैशाख १२
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमण अनिश्चितकालका लागि स्थगित भएको छ। प्रधान सेनापति रुक्मांगद कटवाललाई हटाउने/नहटाउने सम्बन्धमा उत्पन्न राजनीतिक विवादका कारण उनले भ्रमण स्थगित गरेका हुन्।
'पछिल्लो समयमा उत्पन्न राजनीतिक समस्या हल गर्न उहाँले भ्रमण स्थगित गर्नुभयो', प्रधानमन्त्रीका सञ्चार सल्लाहकार ओम शर्माले नागरिकसँग भने- 'पछि दुवै पक्षको अनुकूल समयमा भ्रमणको नयाँ तिथि तय गरिनेछ।'
सरकारले कटवालसँग स्पष्टीकरण लिएको र उनलाई हटाउने विषयमा सत्तासीन घटकभित्रै र अन्य दलबीच ध्रुवीकरण बढेको छ।
माघ पहिलो साता पनि प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भनिएको नर्वे र फिनल्याण्ड भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। त्यसबेला पनि 'मुलुकमा उत्पन्न प्रतिकूल राजनीतिक' परिस्थितिका कारण भ्रमण स्थगित गरिएको थियो।
नेपालका लागि चीनका राजदूत क्वी गोहोङलाई प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बोलाएर भ्रमण स्थगित भएकोबारे जानकारी गराइसकेको छ। साथै भ्रमण स्थगित भएकाले त्यस सम्बन्धमा भइरहेका सम्पूर्ण तयारी स्थगित गर्न परराष्ट्र मन्त्रालयलाई समेत पत्राचार गरिसकिएको छ।