राज्यमन्त्री राखिएन-
काठमाडौँ, भदौ २९ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले आज थप छ मन्त्रीसहित तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारपछि अब मन्त्रीको सङ्ख्या २१ पुगेको छ। नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन्।
यसअघि प्रधानमन्त्री भट्टराईले शपथ ग्रहण गरेलगत्तै भदौ १२ गते दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो। त्यसको छ दिनपछि भदौ १८ गते पुनर्गठित मन्त्रिपरिषदमा थप १३ जनालाई नियुक्त गरिएको थियो।
आज मन्त्री बन्नेहरुमा माओवादीबाट दुईजना, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट दुईजना तथा तराई-मधेस लोकतान्त्रिक पार्टी र सद्भावना सङ्घीय पार्टीबाट एक-एकजना छन्।
साँचो विवाद हल नभएसम्म वैद्य समूह सरकारमा सामेल नहुने भने पनि माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई समूहले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मधेसवादी दलहरुले आफ्नो भागमा परेका मन्त्रालयहरुमा राज्यमन्त्रीको समेत सिफारिस गरेका भए पनि प्रधानमन्त्रीले आज मन्त्रीहरु मात्र राखेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
को-को मन्त्री भए ?
लेखराज भट्ट (माओवादी)- वाणिज्य तथा आपूर्ति
गोपाल किराँती (माओवादी)- सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था र संस्कृति
शरतसिंह भण्डारी (फोरम लोकतान्त्रिक)- रक्षा
हेमराज तातेड (फोरम लोकतान्त्रिक)- वातावरण
बृजेशकुमार गुप्ता (तमलोपा)- कानुन तथा न्याय
अनिलकुमार झा (संघीय सद्भावना)- उद्योग