काठमाडौं, भदौ २३ (नागरिक)- सरकारले औपचारिक कार्यक्रममा सहभागी हुँदा दौरासुरुवाल लगाउनु नपर्ने निर्णय गर्दै जाति र भाषाअनुसारका सबै पोसाकलाई राष्ट्रिय पोसाक मान्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को पहिलो विस्तारित बैठकले बिहीबार यसअघि माधवकुमार नेपाल नेतृत्व सरकारले दौरासुरुवाललाई राष्ट्रिय पोसाक मान्न गरेको निर्णय सच्याएको हो। 'औपचारिक समारोहमा दौरासुरुवाल नै लगाएर जानुपर्ने विगतको निर्णय मन्त्रिपरिषद्ले सच्याएको छ,' उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, 'पोसाकसम्बन्धी निर्णयलाई नयाँ ढंगले परिभाषित गर्न भने बाँकी छ।' बिहीबारकै मन्त्रिपरिषद्ले श्रेष्ठलाई सरकारको प्रवक्तासमेत नियुक्त गरेको छ।
राज्यका औपचारिक कार्यक्रममा दौरासुरुवालै लगाउनुपर्ने निर्णय सच्याइए पनि निजामती, सेना, प्रहरीका औपचारिक पोसाक भएकाको हकमा यो निर्णय लागू नहुने श्रेष्ठले बताए। 'सर्वसाधारण भने आफ्नो सांस्कृतिक पोसाक लगाएर औपचारिक समारोहमा सहभागी हुन पाउँछन्,' श्रेष्ठले भने।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवालाई समावेशी बनाउने विधेयक परिमार्जन गर्न संसदबाट फिर्ता लिने निर्णय गरेको छ।
प्रमुख राजनीतिक, प्रेस सल्लाहकार नियुक्त, योजनामा क्षेत्री
प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल र प्रेस सल्लाहकारमा केन्द्रीय सदस्य रामरिझन यादवलाई नियुक्त गरेका छन्।
विद्यार्थी राजनीतिबाट पोलिटब्युरोमा पुगेका बाग्लुङका पौडेल विद्रोही नेकपा (मसाल) बाट भट्टराईसँगै तत्कालीन एकताकेन्द्रमा सामेल भएका हुन्।
अवध राज्यसमिति इन्चार्ज पौडेलले युद्धकालमा गण्डक, उपत्यका, धौलागिरिलगायत क्षेत्रको नेतृत्व गरिसकेका छन्। युद्धकालका सैन्य कमिसार ४७ वर्षीय पौडेल राजनीतिशास्त्रमा स्नातकोत्तर छन्। राजनीति, दर्शन र साहित्यका उनका आधा दर्जन पुस्तक प्रकाशित छन्।
चौथो महाधिवेशनबाट पार्टी सदस्यता लिएका यादव २५ वर्षदेखि पत्रकारितामा छन्। सिरहा सैनाथाका यादव महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा १६ वर्ष
वनस्पतिशास्त्रको प्राध्यापन गरेपछि २०५६ मा माओवादीको पूर्णकालीन सदस्य बनेका हुन्।
तत्कालीन जनमोर्चा र एकताकेन्द्र-मसालका केन्द्रीय सदस्य यादवले साप्ताहिक विमर्शबाट पत्रकारिता थालेका हुन्। लहानबाट दस वर्षदेखि 'पूर्व' साप्ताहिक प्रकाशन गरेका यादव एक वर्षदेखि लालमधेस म्यागेजिनका सम्पादक छन्।
प्रेस काउन्सिलका सदस्य यादव नेपाल पत्रकार महासंघ र उच्च स्तरीय मिडिया सुझाव आयोगका सदस्य थिए। उनी महासंघबाट प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित छन्।
योजना आयोगका उपाध्यक्षमा पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन्। क्षेत्री माओवादी अध्यक्ष दाहाल नेतृत्व सरकारमा राष्ट्र बैंकका गर्भनर थिए।