काठमाडौं, भदौ १२ (नागरिक)- प्रधानमन्त्रीमा निर्वाचित भएपछि बाबुराम भट्टराईलाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई दिँदै शान्ति र संविधान निर्माणको सफलताको कामना गरेका छन्।
सिंहले राति ९ बजे टेलिफोन गरी बधाई दिएलगत्तै भट्टराईलाई बधाई सन्देशको पत्र पनि पठाएका छन्। सिंहको सन्देशमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख छ।
'हाम्रो सम्बन्ध विशेष किसिमको छ,' सन्देशमा सिंहले भनेका छन्, 'स्थिर, लोकतान्त्रिक र समृद्ध नेपाल निर्माण गर्न भारत सबै प्रकारका सहयोग गर्न तयार छ।'
सिंहले अनुकुल समयमा भारत भ्रमणको निमन्त्रणासमेत दिएका छन्। भ्रमणको मिति निर्धारण गर्न कुटनीतिक च्यानलबाट प्रक्रिया अगाडि बढाईने सन्देशमा उल्लेख छ।
नेपाललाई सहयोग गर्न सधै" तत्पर रहेको सन्देश सिंहले दिएको उल्लेख गर्दै भट्टराईले नागरिकसँग भने, 'नेपाल र भारतबीच थप सम्बन्ध विस्तार गरेर तीब्र आर्थिक विकास गर्न सकिन्छ।'