पहिलो चुनाव माओवादीलाई अनुकूल,
दोस्रोमा एमाले र तेस्रोसम्म पुगे कांग्रेसलाई-
माधव ढुङ्गेल, काठमाडौं, माघ १८- प्रधानमन्त्रीका लागि यही २० गते बिहीबार संसदमा चुनाव हुँदा एकीकृत माओवादी अध्यक्ष पुष्कमल दाहालले बहुमत ल्याउने सबभन्दा बलियो सम्भावना देखिएको छ।
दाहालले जित्न नसके एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्न सक्नेछन्। क्यै गरी माओवादीले खनाललाई दिएन भने चाहिँ कांग्रेस नेता रामचन्द्र पौडेलले बहुमत पुर्याउने अवसर पाउनेछन्।
२३७ सांसद रहेको माओवादीलाई मधेशका पाँच वटै दलले समर्थन गरे बहुमत पुग्छ। मधेशी दलहरू पछिल्लो समय दाहालप्रति क्रमशः लचिलो देखिएका छन्। बुझिएअनुसार उनीहरूको अनुमानमा दाहाल बन्न नसके खनाल प्रधानमन्त्री चुनिन सक्छन् तर त्यो अवस्थामा मधेशीहरू निर्णायक हुन पाउने छैनन्।
आफ्नो समर्थनमा दाहालको सरकार बन्यो भने आफू अनुकुल हुनसक्छ भन्ने मधेशी दलहरूले ठम्याउन थालेको देखिन्छ। माओवादीको समर्थनमा खनालको सरकार बन्यो भने भविष्यमा अविश्वास प्रस्ताव ल्याउनु पनि निरर्थक हुन्छ।
कांग्रेसको पक्षमा रहँदै आएको तराइ मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का सहमहामन्त्री जितेन्द्रप्रसाद सोनारले दाहाललाई समर्थन गर्न सकिने संकेत गरेका छन्। उनले सोमबार नागरिकसँग भने, 'माओवादी र मधेशवादी दुवै परिवर्तनकारी शक्ति हुन्, मिलेर सरकार बनाउनुपर्छ, एमाले-कांग्रेसले संविधान निर्माणमा सघाउनुपर्छ।'
उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम पहिल्यैदेखि माओवादी नेतृत्वको गठबन्धन सरकारको पक्षमा छ जसमा सह-अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता पक्षले मात्र 'गठबन्धनका लागि माओवादी अविश्वसनीय' ठान्दै आएको छ। तर माओवादी नेतृत्वको सरकारमा मधेशी शक्ति बलियो स्थापित हुन सक्ने अवस्थामा त्यो पक्षले फरक मत बढाउन सक्ने सम्भावना कम हुनेछ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको फोरम (लोकतान्त्रिक) पनि माओवादीप्रति नरम देखिएको छ । 'मधेस मुद्दाबारे माओवादी सकारात्मक भएकाले लोकतान्त्रिक मधेशी मोर्चा नै माओवादी नेतृत्वको सरकारप्रति सकारात्मक छ', फोरम (लोकतान्त्रिक) का मुख्य सचेतक रामजनम चौधरीले भने, 'शान्ति र संविधानका मुद्दामा पनि पहिलेभन्दा उदार भएकाले माओवादी नेतृत्वको स्वीकार हुनसक्छ।'
माओवादी समर्थनमा खनाललाई प्रधानमन्त्री बन्नबाट रोक्न दाहाललाई जिताउनु आवश्यक हुँदै आएको धारणा यी दलहरूमा देखिन थालेको छ।
सरकारको नेतृत्व माओवादीलाई नदिने अडानमा रहेका एमाले-कांग्रेसले समेत शान्ति प्रक्रियाका केही शर्तसाथ प्रधानमन्त्री बन्न दाहाललाई प्रस्ताव गरेका छन्। माओवादीले भने शर्तका आधारमा सरकारमा नजाने औपचारिक अडान लिएको छ।
अहिलेसम्मको स्थितिमा बुधबार दाहाल, खनाल र पौडेलले उम्मेदवारी दिने निश्चित छ। मंगलबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकले खनालको उम्मेदवारीबारे फरक निर्णय गर्न सक्ने अवस्था छैन।
प्रधानमन्त्री माधवकुमार नेपाल तथा अर्का नेता केपी शर्मा ओली पक्षधरहरूले सहमतीय सरकारको अडानका कारण सात महिना सरकार नबनेकाले बहुमतीय सरकारको नेतृत्व गर्न खनालले उम्मेदवारी दिन नमिल्ने आबाज भने उठाउन सक्नेछन्।
माओवादीले पहिलो चुनावका लागि मात्र दाहाललाई उम्मेद्वार बनाउनेछ। त्यसपछि आफू नसके खनाललाई समर्थन गर्ने निर्णय गर्ने सम्भावना छ। माओवादीले नदिए खनाल प्रतिस्पर्धाबाट बाहिरिनेछन् र संसदमा दाहाल र पौडेलमात्र दुई उम्मेदवार रहन पुग्नेछन्। संशोधित नियमावलीअनुसार तेस्रो मत ल्याउने उम्मेद्वारले अर्को प्रतिस्पर्धा गर्न पाउनेछैन।
तेस्रो पल्टको चुनावमा दाहाल र पौडेलबीच एकजनालाई मत दिनुपर्ने अवस्थामा एमालेले पौडेललाई रोज्ने अवस्था बन्ने छ।
त्यतिबेला वाम-लोकतान्त्रिक गठबन्धनका पक्षधरहरूको आबाज बलियो हुने र कांग्रेस उम्मेदवार प्रधानमन्त्री बन्न अनुकूल हुनेछ।
केही दल वा सांसदले चुनावी प्रक्रियाका बेला संसद् अवरुद्ध गर्ने, मत बदर गराएर परिणाम ननिकाल्ने, संसद् बहिष्कार गर्ने आशंका पनि छ। तर, प्रधानमन्त्री चुन्न नसक्ने भनेर सर्वत्र आलोचित दलहरूले अब त्यस्तो गर्ने सम्भावना कम छ।
उपराष्ट्रपतिको पहल
केही दिनदेखि सत्ता समीकरणका लागि आपसी छलफल बढाइरहेका मधेशी दलका नेताहरू सोमबार उपराष्ट्रपति परमानन्द झाको रात्रिभोजमा सरिक भए। झाले पाँच मधेसी दलका अध्यक्षलगायत केही नेतालाई प्रधानमन्त्री निर्वाचनमा एक भएर जाने वातावरणको पहलस्वरुप रात्रिभोज आयोजना गरेका थिए ।
स्रोतका अनुसार, कार्यवाहक राष्ट्रपतिका रुपमा रहेका झाले मधेसी दललाई प्रधानमन्त्रीको उम्मेदवार आफै खडा गर्न वा माओवादी अध्यक्ष दाहाललाई समर्थन गर्न आग्रह गरेका थिए।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने आफू रात्रिभोजमा गए पनि कुनै राजनीतिक कुराकानी नभएको जिकीर नागरिकसँग गरे। उनले भने, 'त्यो पारिवारिक भोजजस्तो थियो।'
दाहाल-खनाल भेट
त्यसैगरी सोमबार माओवादी दाहालले एमाले अध्यक्ष खनाललाई भेटी राष्ट्रिय सरकार निर्माणका लागि लचिलो बन्न आग्रह गरे। एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा खनालले एमाले लचिलो भएरै माओवादी वा कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने पनि सहयोग गर्न तयार भएको जानकारी गराएका थिए।
खनाल निकट स्रोतका अनुसार, खनालले माओवादी वा कांग्रेस जसले सरकार बनाए पनि सहयोग गर्न तयार भएको धारणा व्यक्त गरेपछि दाहालले 'फेरि पनि अड्काउने कुरा भयो, तपाईंहरू बोल्ड निर्णय गर्नुहुन्न' भन्दै असन्तुष्टी प्रकट गरेका थिए।
खनालले भने आफ्नो पार्टीको निर्णय नै त्यही भएकाले त्यसै अनुसार अघि बढ्ने जानकारी गराएका थिए।
अब तीन दल नबस्ने
यसैबीच तीन दलबीच दुई सातादेखि सहमतीमा पुग्न नसकिरहेको वार्ताको सोमबारको संस्करण पनि त्यसै टुंगियो। सहमतिको सरकार गठन गर्ने प्रयास लगभग अन्त्य भएको छ। 'दलहरुले आ-आफ्ना अडान कायमै राखेपछि सहमतिबाट सरकार बनाउने प्रयास सफल हुन सकेन, अब तीन दलको बैठक बस्दैन,' बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संचारकर्मीहरूसँग भने, 'अब बहुमतियमा जाने भएपछि दुई-दुई दलबीच छलफल हुन्छ।'
आधा घण्टा मात्रै बसेको बैठकमा तीन दलकै उच्च नेताहरू सरिक थिए।