सिद्धराज राई, धनकुटा, मंसिर १३ - राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले संविधान सभाको निर्वाचनमा धेरै सिट ल्याउने दलहरुको कारण मुलकको राजनीतिक निकास नआएको बताएका छन्। ठूला दलहरुले जनतालाई राजनीतिक स्वार्थ प्रयोग गरी विभाजन गराएको आरोप समेत अध्यक्ष थापाले लगाए।
गृह जिल्ला धनकुटा धुम्ने क्रममा आज धनकुटाको सिधुवाबजारमा आयोजित कार्यकर्ता भेट्घाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठुला दलहरु संविधान बनाउनु भन्दा सत्ता बनाउने खेलमा लागेको बताए।
संविधान सभाको निर्वाचन पछि पहिलो पटक गृह जिल्ला आएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष थापाले राजनीतिक किचलोले संविधान र शान्ति प्रक्रिया समेत अवरुद्ध भएको बताए।
कार्यकर्तासँगको भेटघाटमा धनकुटाको विकासको लागि आफू साथमा रहेको बताउँदै अध्यक्ष थापाले पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रको विकासको लागि सहयोग गर्न तयार रहेको बताए।
अध्यक्ष थापाले आजै धनकुटाको जोरपाटी र मुर्तिढुंगा पुगेर कार्यकता भेटघाट गरेका छन्। अध्यक्ष थापा भोलि धनकुटाको पाख्रीबास र दमार आयोजना हुने कार्यक्रममा सहभागी हुने राष्ट्रिय जनशक्ति पार्टी धनकुटाका उपाध्यक्ष यज्ञबहादुर कार्कीले बताए।