काठमाडौं, मंसिर ४ (नागरिक) - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हिजो संसदमा भएको घटनालाई 'संसदमा यस्ता कुरा भइरहने' बताएका छन्। राष्ट्रपति डा. रामवरण यादवसँग भेटेर बाहिरिनेक्रममा बोल्दै उनले भने 'दुनियाँका संसदमा यस्ता कुरा भइरहेका छन् र भइराख्छन्। सरकार सचेत रहनुपर्छ।'
हिजो माओवादी सभासद्हरुले संसदमा अर्थमन्त्रीलाई हातपात गरेका थिए भने ब्रिफकेस खोसेर तोडफोड गरेका थिए। घटनाको निन्दा गरेका राष्ट्रपति यादवलाई शनिबार बिहानै भेट्न पुगेका दाहालले सरकारका कारण उक्त घटना भएको दावी गरे। संसद भित्र माओवादीले गरेको व्यवहारबारे राष्ट्रपति र दाहालबीच के कुराकानी भयो त ? दाहालले भने, 'राष्ट्रपतिले हिजो कसरी यस्तो भयो भन्नुभयो ? मैले काम चलाउ सरकारले सहमति विपरित पूर्ण बजेट ल्याउने तयारी गरेकाले घटना भएको बताएँ।'
सहमति र संविधान दुबैको गलत प्रयोग गरी बजेट ल्याइने तयारी भएकाले उक्त घटना भएको उनले बताए।