काठमाडौँ, कात्तिक १७ - एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष बाबुराम भट्टराईले यही कात्तिक २० गते साँझसम्म ठूला तीन दलबीच सहमति कायम भई राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि टुङ्गो लाग्ने सम्भावना रहेको बताएका छन्। उनले शान्ति, संविधान र राष्ट्रिय सरकारको गठनको आधार तयार भए बजेटको समस्या समाधान हुने बताए।
राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, नेपालद्वारा आज यहाँ नेपाल संवत् ११३१ को उपलक्ष्यमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उहाँले तीन दलका तर्फबाट पाँच/ पाँच नेताको सहभागितामा कात्तिक १९ र २० गते हुने बैठकले त्यसको निर्णय गर्ने सम्भावना रहेको बताए।
उपाध्यक्ष भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधान गर्नका लागि यथाशक्य नयाँ सविधान निर्माण गर्नुपर्ने भएकाले राष्ट्रिय संयुक्त सरकार निर्माणको आवश्यकता औंल्याए।
सभासद् हिसिला यमीले नेपाल संवतले सम्पूर्ण जनतामा सबैखाले उत्पीडन र भेदभावको अन्त गरी समतामूलक समाजको विकास गर्ने धारणा व्यक्त गरिन।
आयोजक संस्थाका अध्यक्ष मुक्ति प्रधानले उत्पीडित जाति एकजुट भएर मुलुकको विकासमा लाग्नुपर्नेमा जोड दिए। - रासस