काठमाडौं, असोज ६ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले सरकारका लागि एमाले र माओवादीको गठबन्धन नहुने प्रस्ट्याएका छन्। माओवादीसँगको तीनबुँदे सहमति राष्ट्रिय सरकार गठनका लागि भएको प्रधानमन्त्रीले बताए। 'त्यो सहमति (एमाले-माओवादी) एमाले र माओवादी गठबन्धनमा आधारित सरकार गठनका लागि होइन,' उनले भने।
राष्ट्रपति रामवरण यादवसँग मंगलबारको छलफलमा प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै उनका प्रेस सहयोगी सुरोजंग पाण्डेले भने, 'सबै दल सम्मिलित राष्ट्रिय सरकार गठनका लागि माओवादीसँग सहमति भएको हो।'
प्रधानमन्त्रीले मंगलबार अपराह्न राष्ट्रपति यादवसँग शान्तिप्रक्रिया, एमाले र माओवादीबीचको पछिल्लो सहमति र बजेटबारे छलफल गरेका थिए।
प्रधानमन्त्रीले शान्तिप्रक्रियालाई गति दिन सेना समायोजन विशेष समितिमातहत रहने गरी सचिवलायलाई पूर्णता दिन लागिएको जानकारी दिए। उनले सचिवालयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक-एकजना प्रतिनिधि पठाइसकेको बताउँदै माओवादीले नाम पठाउनासाथ लडाकु समायोजन तथा पुनर्स्थापना थालनी हुने बताए।
राष्ट्रपतिले प्रधानमन्त्रीसमक्ष बजेट ढिलाइबारे चासो राखेका थिए। यादवले बजेट छिटो ल्याउन आग्रह गर्दै त्यस सिलसिलामा सरकारले गरिरहेको तयारीबारे समेत जिज्ञासा राखेका थिए।
जवाफमा प्रधानमन्त्रीले छिट्टै बजेट ल्याउने प्रयत्न गरिरहेको जानकारी दिँदै माओवादी र कांग्रेसले सहमति जनाए तुरुन्तै बजेट ल्याउन सकिने बताएका थिए। 'माओवादी र कांग्रेसले सहमति जनाए बजेट पेस गर्न सरकार तयार छ, तर मुख्य कुरा उनीहरूले सहमति जनाउनुपर्यो,' प्रधानमन्त्रीले राष्ट्रपतिसँग भने।