काठमाडौ, असोज २ (नागरिक)- किसिपिडीका सुचित महर्जन, आकाशका ओम लामा, सातदोबाटोका सुमन लामा र इमाडोलका मनोज घलान प्रथम राष्ट्रव्यापी बुदोकैदो फुलकन्ट्याक्ट कराँते प्रतियोगिताअन्तर्गत पुरुष ३० केजी तौलसमूहमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
वनकाली डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ४५ केजीतर्फ आकाशकी मिङ्मा लामा, कुलेखानीकी निर्मल काम्ताङ, सिन्धुपाल्चोककी सरिता लामा तथा केन्द्रकी अम्बिका पौडेल अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल रहे। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव हरिबाबु चौधरीले उद्घाटन गर्रेका थिए प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलामा २ तौलसमूह समावेश छन्।