काठमाडौं, असोज २ (नागरिक)- नेपाल पौडी संघको तेश्रो साधारणसभाले समिम मियाँ अन्सारी (बब्लु) को अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा वीरेन्द्रलाल श्रेष्ठ र नेमबहादुर श्रेष्ठ (लायन), महासचिवमा जगतमान श्रेष्ठ, सहसचिवमा पवन उपाध्याय, सचिवमा ईश्वर कार्की तथा कोषाध्यक्ष रविन्द्रप्रसाद यादव रहेका छन्।
शुक्रबार सुन्धारास्थित काठमाडौं मलमा भएको साधारणसभाबाट ओलम्पियन नयना शाक्य र करिश्मा कार्की, रत्नलाल महर्जन, नारायण प्रधान, नाजिरउद्धिन मुस्लिम, मोहम्मद ताजिम मुस्लिम, मनोजकुमार दवाडी, किस्मत वि.क. रामदाम, बासुदेव निरौला, रञ्जन भट्टराई तथा विश्व तण्डुकार सदस्यमा चयन भए।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव हरिबाबु चौधरीले प्रमाणपत्र वितरण गरेका थिए। खेलकुद विकास विभागका वरिष्ठ अधिकृत एवं प्रमुख निर्वाचन अधिकृत टेकबहादुर बमले पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए। शुक्रबारै बसेको नयाँ कार्यसमितिको बैठकले रमेशमान मल्ललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गर्यो। अघिल्लो कार्यसमितिमा पनि रमेशले उपाध्यक्षकै जिम्मेवारी सम्हालेका थिए।