राष्ट्रपति भण्डारी बेइजिङमा
१३ वैशाख २०७६
•
५ मिनेट पाठ
राष्ट्रपति भण्डारी बेइजिङमा
बेइजिङ - राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा बिहीबार साँझ बेइजिङ आइपुगेकी छन्। बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार साँझ राष्ट्रपति भण्डारीलाई चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री कङ स्वाङले स्वागत गरेका छन्। विमानस्थलमा राष्ट्रपति भण्डारीको स्वागतमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि उपस्थित थिए।

चीनले आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई’ दोस्रो अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च औपचारिकरूपमा शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबार केही थिएमेटिक मञ्चका बैठक र छलफल भएका छन्। राष्ट्रपति भण्डारी शुक्रबार र शनिबार पूरै समय शिखर मञ्चमा व्यस्त हुनेछिन्।

बुधबार अपराह्न चीनको पल्लो शान्सी प्रान्तको सदरमुकाम सिआन आइपुगेकी राष्ट्रपति भण्डारीले बिहीबार बिहान साढे नौदेखि दस बजेसम्म नेपाली विद्यार्थीसँग भेटघाट गरिन्। सिआनमा कानुनमा विद्यावारिधि गरिरहेका मुकुन्द अधिकारीले नागरिकलाई बताएअनुसार राष्ट्रपति भण्डारीले नेपाली विद्यार्थीका समस्याबारे सोधेकी थिइन्। चीनले नेपाललाई उपलब्ध गराएको सबै छात्रवृत्तिमा नेपालले विद्यार्थी पठाउन नसकेको जानकारी आफूले राष्ट्रपतिलाई जानकारी गराएको अधिकारीले बताए। दिउँसो मध्यान्हमा पल्लो शान्सी प्रान्तका गभर्नर लिउ कुओचोङले राष्ट्रपति भण्डारीलाई दिवाभोज दिएर स्वागत गरेका थिए। दिवाभोजसँगै भएको वार्तामा सिआन र काठमाडौँबीचको सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा कुराकानी भएको भ्रमणटोलीमा सहभागी सांसद योगेश भट्टराईले नागरिकलाई बताए।

काठमाडौं महानगरपालिकासँग सिआनले सन् १९९६ मा भगिनी सम्बन्ध स्थापना गरेको छ। सिआन नेपालका सहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने पहिलो चिनियाँ सहर पनि हो। दुईपक्षीय सहयोग, सांस्कृतिक सम्बन्ध, हवाइ सेवा विस्तार, नेपालमा लगानी, कृषि अनुभवमा आदानप्रदानलगायतका विषयमा दुईपक्षीय छलफल भएको छ। काठमाडौँ जस्तै सिआन पनि सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको छ।

गभर्नर लिउसँगको भेटपछि राष्ट्रपतिले भण्डारीले सिआनको टेराकट्टा संग्रहालयको अवलोकन गरिन्। टेराकोट्टा संग्रहालयलाई विश्वको एक आश्चर्य मानिन्छ। टेराकट्टाको अवलोकनपछि उनले बौद्धधर्मावलम्बीको प्रख्यात मन्त्री ता छियानको पनि अवलोकन गरेर अपरान्ह राष्ट्रपति सिआनबाट बेइजिङ प्रस्थान गरिन्।

®पल्लो शान्सी प्रान्त वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको जन्मस्थान पनि हो। इसापूर्व१३० देखि हान वंशको शासनकालमा सिआनबाट रेशमी मार्ग सुरु भएको थियो। चीनको पुरानो राजधानी सिआनबाट सुरु भएको रेशमी मार्गले रोमन साम्राज्यसँग जोडेको थियो।

विशेषतः परम्परागत व्यापारका लागि प्रयोग भएको रेशमी मार्गको बहुवाणिज्य रुट फैल्याएर भारत, अरेबिया, ग्रिस, रोम र समुद्रलाई छुने अन्य मुलुकसँग चीनलाई एउटै सन्जालमा जोडेको थियो। अहिले त्यही सञ्जाल ब्युझाएर चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको अवधारणा अगाडि ल्याएका छन्। बीआरआईमा अहिलेसम्म १२६ वटा मुलुक र २९ वटा अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। त्यही बीआरआईको दोस्रो अन्तराष्ट्रिय शिखर मञ्चमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी बेइजिङ आइपुगेकी हुन्। राष्ट्रपति भण्डारीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहभागी सबै सदस्यहरू बेइजिङस्थित नेपाली दूताबासदेखि नजिकै रहेको वेस्टिन होटलमा बसेको छ।
अर्को समाचार
बेइजिङमा नक्कली अरनिको !
२३ भदौ २०७६
•
५ मिनेट पाठ
बेइजिङमा नक्कली अरनिको !
बेइजिङ – चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा रहेको अरनिको सालिकको आडमा उभिएर फोटो खिचाएका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोले बनाएको श्वेत चैत्यको आर्डमा राखिएको सो सालिक वास्तवमा भने अरनिको होइन।

सन् २००२ मा नेपालबाट बेइजिङ लगिएको सो सालिक अरनिको समाजको सक्रियतामा बनाइएको सो सालिक अरनिको नभई मूर्तिकार धर्मराज शाक्यले हो। त्यो सालिक बेइजिङमा ल्याएर स्थापना गर्दा अरनिको समाजका अध्यक्ष अनुपरन्जन भट्टराई थिए। सन् १९७२ को हुलाक टिकटका आधारमा सो मूर्ति बनाउन अरनिको समाजले ठेक्का पाएपछि नेपालमा तयार भएको थियो। सालिक बनाउनका अरनिकोको फोटो नभएपछि सन् १९७२ मा तत्कालीन श्री ५ को सरकारले अरनिकोको स्केच कोरेर हुलाक टिकट प्रकाशन गरेको थियो। सन् १९७२ को हुलाक टिकटका आधारमा मूर्तिकार ओम खत्रीलाई मूर्ति बनाउन समाजले ठेक्का दिएको भट्टराईले बताए। भट्टराईले भने ुखै कसलाई उभ्याएर बनाए त्यो त थाहा भएन। तर, बेइजिङमा सालिक स्थापना गर्दा श्वेत चैत्य क्षेत्रभित्र ढुङ्गामा मूर्ति बनाउँदै गरेका धर्मराज शाक्यलाई देखाउँदै चिनियाँहरूले आरनिको सालिक त यो मूर्तिकार जस्तै रहेछ भनेको चाहिँ मलाई सम्झना छ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले हुलाक टिकटमा अरनिको काल्पनिक चित्र कोरेका थिए। ‘सालिक बनाउनका लागि ठोस अवधारणा आवश्यक नभएपछि म आफैं दौरासुरुवाल, ढाका टोपी र पटुका लगाएर मोडलको रूपमा उभ्याएको थिए। मूर्तिकार ओम खत्रीले अरनिकोको सालिक बनाएका थिए,’ मूर्तिकार शाक्यले भने। 

बेइजिङबाहेक नेपालको ललितपुर महानगरपालिकको कार्यालय, कीर्तिपुरमा स्थापित नेपाल भाषा प्रतिष्ठान र धुलिखेलस्थित अरनिको राजमार्गमा अनरिकोको सालिक राखिएको छ। अरनिकोको यी चार वटा सालिक एक–अर्कामा फरक रहेको संस्कृतिविद सत्यमोहन जोशी बताउँछन्। ‘अरनिकोको ठोस फोटो प्राप्त नभएकाले मूर्तिकारहरूले आफ्नै कल्पना र निर्देशनमा फरक आकृति बनाएका हुन्,’ उनले भने। सात सय ४० वर्षअगाडि नेपाली कलाकार अरनिकोले बनाएको श्वेत चैत्य चीनको राजधानी बेइजिङको केन्द्र भागमा यथावत छ।

सन् १२४४ मा पाटनमा जन्मिएका अरनिकोले किशोरावास्थामा चीनमा आएका थिए। उनले सन् १२७९ मा बेइजिङको श्वेत चैत्य अर्थात् ह्वाइट प्यागोडा बनाएका थिए। बेइजिङबाहेक उनले चीनका अन्य स्थानमा पनि विभिन्न चैत्य र मूर्तिहरू बनाएका थिए। अरनिकोले बनाएको श्वेत चैत्यलाई चिनियाँ भाषामा ‘पाइथा स’ भनिन्छ। जसको अर्थ सेतो चैत्य हो। उनको ६२ वर्षको उमेरमा सन् १३०६ को मार्चमा निधन भयो।

सत्यमोहन जोशीले बेइजिङमा बसेर अरनिकोको बारेमा गहन खोज अनुसन्धान गरी ‘कलाकार अरनिको’ ग्रन्थ २०४४ सालमा प्रकाशन गरेका छन्। सो ग्रन्थका अनुसार अरनिकोका ११ जना श्रीमती थिए। चीन आउनुभन्दा अगाडि नेपालमा उनले चमाथा लाछिमे नामकी महिलासँग बिहे गरेका थिए। नेपालकी श्रीमतीबाट उनका एक छोरा र एक छोरी थिए। चीन आएपछि अरनिकोले अन्य १० चिनियाँ महिलासँग बिहे गरे।

श्वेत चैत्यभित्र राखिएका अभिलेखमा अरनिकोको बिहे तथा सन्तानबारे उल्लेख छैन। संस्कृतिविद् जोशीले अनरिको समाधिस्थलमा राखिएको कीर्तिस्तम्भको अभिलेखमा उल्लेख भएअनुसार उनले बिहे गरेका १० वटा श्रीमतीको नाम उल्लेख गरेका छन्। हाल पाटन क्षेत्रमा अरनिकोका आफन्तहरू नभएको ठहर संस्कृतिविद् जोशीले गरेका छन्। चीनमा उनका १० श्रीमतीबाट ६ छोरी र ५ छोरा जन्मिएको जोशीको ग्रन्थमा उल्लेख छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस