सल्लाह दिने ‘युवा परिषद्’ नै अन्याेलमा
२० चैत्र २०७५
•
१४ मिनेट पाठ
सल्लाह दिने ‘युवा परिषद्’ नै अन्याेलमा
युवाहरूलाई रोजगार सिर्जना गर्न र उनीहरूको वृत्ति विकास गर्न सरकारले थालेका परियोजनामध्ये अर्को हो, युवा परिषद्। 

२०७२ साल फागुन १९ गते स्थापना भएको थियो, युवा परिषद्। 

त्यतिबेला देशका ७५ वटै जिल्लामा युवा परिषद्का जिल्ला कार्यालयको रुपमा युवा समिति गठन गरिएको थियो।

देशका ७५ वटै जिल्लामा युवा समितिको कार्यालय गठन गरिएको थियो। समितिलाई परिपक्व बनाउँदै थियो, परिषद्ले। त्यहीबेला कार्यान्वयन भएको संघीयताले मुलुकमा स्थानिय तह र प्रदेशको व्यवस्था गरिदियो। सरकारले जिल्ला कार्यालय नरहने बताएपछि परिषद्को समिति भत्कीयो। जिल्ला समितिलाई सरकारले बजेट नै पठाएन, रकम स्थानिय तह र प्रदेशलाई मात्र गयो। यि दुई तहमा परिषद्को गठनै भएको छैन।


प्रत्येक समिति नौ सदस्यीय हुन्थयो। ती समितिलाई परिपक्व बनाउँदै थियो, परिषद्ले। त्यहीबेला कार्यान्वयन भएको संघीयताले मुलुकमा स्थानिय तह र प्रदेश हुने व्यवस्था गरिदियो।

सरकारले जिल्ला कार्यालय नहुने बताएपछि परिषद्का ती सबै समिति खारेजीमा परे। 

जिल्ला समितिलाई सरकारले बजेट नै पठाएन, रकम स्थानिय तह र प्रदेशलाई मात्र गयो। यि दुई तहमा परिषद्को गठनै भएको छैन। त्यसयता युवा परिषद् आफै के गर्ने भन्ने अलमलमा छ। न उसँग स्पष्ट कार्ययोजना छ, न परिचालन गर्ने मातहतको संरचना।

रोजगारी, उद्यमशीलता र सीप विकास। गुणस्तरिय र व्यवसायिक शिक्षा। युवा परिचालन, सहभागिता र नेतृत्व विकास। खेलकुद र मनोरञ्जन। स्वास्थ्य र सामाजिक सुरक्षा।

यिनै पाँच विषयमा केन्द्रित रहेर अहिले युवा परिषद्ले कार्यक्रम तर्जुमा गरिरहेको छ।

परिषद्ले युवाको समग्र विकासका लागि ‘युथ भिजन २०२५’ नै तयार पारेको छ। जसअनुसार नेपाली युवालाई सबल, सक्षम, प्रतिष्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकासमार्फत आधुनिक न्यायपूर्ण र समृद्ध नेपालको निर्माण गर्ने बताइएको छ।

युवा वर्गमा सिर्जनशीलता, उद्यमशीलता र अन्वेषणात्मक क्षमताको विकास गरी राष्ट्रको आधारभुत शक्तिका रुपमा स्थापित गर्दै उनीहरूमा रहेको क्षमता उजागर गर्ने परिषद्को निर्देशिकामा उल्लेख गरिएको छ। यतिमात्र होइन, श्रमको सम्मान गर्ने संस्कृतीको विकास गर्दै युवाको शारिरिक, मानसिक, बौद्धिक, नैतिक, तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त, नैतिक, सुसंस्कृत, सिर्जनशील तथा व्यावसायिक रुपमा दक्ष युवा तयार गर्ने दीर्घकालीन लक्ष्य पनि निर्धारण गरिएको छ।   

युवाको समग्र विकास गर्ने युवा परिषद्को सपना छ। युवा क्षमता अभिवृद्धिका लागि परिषद्ले निम्न कार्यविधि नै बनाएको छ–

–युवा क्लब गठन तथा युवा संसद सञ्चालन कार्यविधि, २०७५

–युवा परिचालन तथा समाजका लागि युवाको योगदान कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधी, २०७५

–युवा परामर्श सेवा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ 

–लोपोन्मुख परम्परागत सीप युवा पुस्तामा हस्तान्तरण, प्रवद्र्धन तथा प्रमाणीकरण कार्यविधि, २०७४ 

–स्थानिय तह तथा संघ–संस्थाहरूको साझेदारीमा युवा लक्षीत कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५

– नमुना युवा गाउँ कार्यक्रम सञ्चालन व्यवस्थापन कार्यप्रक्रिया, २०७५

–युवा प्रतिभाको खोजी र उनीहरूको कार्यलाई प्रोत्साहन कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७५

यति धेरै कार्यविधि र योजना हुँदाहुँदै पनि युवा परिषद्ले प्रभावकारी काम गर्नेमा भने युवा परिषद्कै कर्मचारी विश्वस्त छैनन्। युवा परिषद्को जिल्ला कार्यालयमा जाने बजेट अहिले प्रदेश र स्थानिय तहमै जान्छ। युवाका नाममा गएको त्यो बजेट युवाका लागि प्रयोग होला भन्नेमा परिषद्कै कर्मचारीहरू ढुक्क छैनन्। यद्यपी, परिषद्ले काठमाडौंबाट युवाका लागि गर्न सकिने योजनाहरू भने स्थानिय तहहरूलाई पठाएको छ।

युवा परिषद्का प्रवक्ता ध्रुवराज पौडेल भन्छन्, ‘युवालाई सक्षम बनाउन विभिन्न कार्यक्रम बनाउँदै काम गरिरहेका छौँ।’

परिषद्ले स्थानीय तह र प्रदेशमा समिति गठन गर्नुपर्ने माग राख्दै समितिको ड्राफ्ट बनाएर पठाइसकेको पनि छ। तर सरकारले कार्यान्वयन गरेको छैन।

संघीयतामा गइसकेपछि युवा परिषद्लाई कसरी संघीयतासँग जोडेर कार्यक्रम गर्ने भन्नेबारे सरकार मौन छ।

थोरै अवधिका लागि भए पनि युवा परिषद्का योजनालाई जिल्ला समितिले कार्यान्वयन गरिरहेको थियो। 

जिल्ला समितिले युवालाई सीप विकास तालिम दिनुका साथै युवा उद्यम कार्यक्रम सञ्चालन गथ्र्याे। त्यसको अनुगमन गथ्र्याे। प्लम्बिङ, स्टिल फिक्सर, हाउस वायरिङ, इलेक्ट्रीसियनको तालिम दिन्थ्यो। मोबाइल मर्मत, ब्युटिसियन, मोटरसाइकल बनाउने तालिम पनि दिएको थियो संस्थाले। 

प्रवक्ता पौडेल भन्छन्, ‘समितिका कर्मचारीले युवालाई ३ सय ९० घण्टाको तालिम दिन्थे। अन्य लामो समय लाग्ने सिपमुलक तालिम पनि दिएकै थिए।’ 

तालिम दिने मात्र हैन, जिल्ला समितिले युवाहरूलाई काउन्सिलिङ पनि गरिरहेको थियो। अहिले यो काम राष्ट्रिय युवा परिषद्को केन्द्रीय कार्यालय, भक्तपुरबाट मात्र भइरहेको छ। उसले युवालाई उद्यमशीलता र स्वरोजगारका लागि सहजीकरणको काम गरिरहेको छ। 

‘म केही गर्छु तर स्रोत साधन छैन भनेर कोही युवा यहाँ आउँछ भने उनीहरूलाई हामी बाटो देखाइदिन्छौँ,’ पौडेल भन्छन्, ‘सहुलियत कर्जाका लागि बाटो देखाइदिन्छौँ। कुनै पनि युवा स्रोतको अभावमा भौतारिनु नपरोस्। विदेश पलायन हुन नपरोस्।’      

कोही पनि युवा रोजगारीको अभावमा विदेश जानु पर्ने अवस्थाको अन्त्य भइसकेको पौडेल दावी गर्छन्। राज्यले नै रोजगारी उपलब्ध गराउने सक्ने तर्क राख्छन् उनी। भन्छन्, ‘कुनै पनि युवा रोजगारको अभावमा, स्रोतको अभावमा विदेश जानुपर्ने दिनको अन्त्य भइसकेको छ।

नेपालमा कामै गर्दिन भन्नुहुन्छ भने मात्र विदेश जानुस्। उच्च शिक्षा हासिल गर्न जाँदा हुन्छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने युवालाई पनि विदेश जाँदा ठिकै छ। तर, जीउ ज्यान पाल्न र परिवार पाल्नकै लागि विदेश जानुपर्ने अवस्था अहिले छैन। सरकारले यस्तो राम्रो योजना ल्याएको छ।’ 

युवा परिषद् आफैले उद्यम गर्न चाहाने युवा समुहलाई आर्थिक सहयोग गर्दै आएको छ। उसले ५ लाख रुपैयाँसम्म कर्जा दिन्छ। ‘एक वडा, एक समूह र एक उद्यम’ भनेर परिषद्ले नारा नै बनाएको थियो। यसले व्यक्तिलाई ऋण दिँदैन, समुह हुनुपर्छ। एउटा समूहलाई पाँच लाख रुपैयाँसम्म कर्जा दिन सक्छ, पाँच वर्षका लागि। धितो राख्नु पर्दैन, ब्याज तिनु पर्दैन।

‘पहिलो वर्ष उद्यमी समूहले ऋण लिन्छ, दोस्रो वर्ष साँवाको १० प्रतिशत, तेस्रो वर्ष २०, चौथो वर्ष ३० र पाँचौ वर्ष ४० प्रतिशत बुझाएर समुह ऋण मुक्त हुन्छ। यसरी प्रत्येक युवालाई उद्यमशील बनाउने हाम्रो योजना छ।’ 

यो लगानी पनि जिल्ला परिषद्मार्फत जान्थ्यो तर अहिले त्यो समिति नै भएकाले केन्द्रबाट लगानी हुँदै आएको छ।

एउटा युवा समुहलाई लगानी गरेर फिर्ता आएको रकम परिषद्ले अर्काे युवा समूहलाई दिन्छ। यसरी एउटै रकम बिभिन्न युवा समुहबिच घुमिरहन्छ।

अहिले लगानी गरेर फिर्ता आएको रकम परिषद्सँग ९० लाख रुपैयाँ छ। पौडेल भन्छन्, ‘यो वर्ष हामी ५ लाखका दरले १८ वटा समूहलाई ऋण दिन सक्छौँ।’

अहिलेसम्म परिषद्ले झण्डै अढाइ सय जनालाई लगानी गरिसकेको छ। आर्थिक वर्ष २०७४/७५ मा मात्रैै परिषद्ले ८ करोड ७० लाख रुपैयाँ लगानी गरेको तथ्यांकमा उल्लेख छ।

लगानी भएको रकम अहिले परिषद्मा २० करोडको हाराहारीमा रहेको प्रवक्ता पौडेल भन्छन्। 

‘लगानी गर भनेर राज्यले हामीलाई पैसा दिएको छैन। हामीले पनि मागेका छैनौँ। जति रकम छ त्यसैलाई परिचालन गरिरहेका छौँ,’ पौडेल भन्छन्। 

अर्थमन्त्रालयले परिषद्का लागि बजेटचाहिँ छुट्याइरहेको छ। पहिलो वर्ष २०७२/७३ मा ३२ करोड रुपैयाँ छुट्याएको थियो। दोस्रो वर्ष ३९ करोड रुपैयाँ छुट्याएको थियो।

चालु आर्थिक वर्षमा यो रकम घटेर जम्मा २३ करोड आयो। २३ करोडमा ११ करोड युवा परिषद्को केन्द्रमा, ७ करोड स्थानिय तहमा र ५ करोड प्रदेशमा गयो। स्थानीय र प्रदेशमा युवा परिषद्को इकाई छैन। युवा तथा खेलकुद निकायहरूले नै त्यो पैसा चलन गर्ने अुनमान गर्न सकिन्छ। केन्द्रमा आएको ११ करोड पनि कार्यक्रम सञ्चालनका लागि अपुग हुने पौडेल बताउँछन्। 

जिल्ला समिति बेकामे भएपछि अहिले ७७ वटा जिल्लामा युवालक्षित काम कसरी हुने, युवा परिषद्लाई नै थाहा छैन। काम हुने हो हैन, त्यो पनि थाहा छैन।

अब सरकारले एकद्वार नीति बनाएर अघि बढ्नुपर्ने पौडेल बताउँछन्। यसले युवा लक्ष्यित कार्यक्रमलाई प्रभावकारी पनि बनाउन सक्छ। 

‘तालिम र रोजगार प्रदायक संस्थाहरू थुप्रै बनाइसकेको छ सरकारले। कसले कताबाट तालिम लियो भन्ने रेकर्ड नै छैन्न। ऋण लिने व्यक्तिले पनि कता–कताबाट लिएको छ भन्ने पत्तो छैन। यसरी अनुगमन नहुँदा त एउटै व्यक्तिले ३/४ ठाउँबाट एकैपटक ऋण लिन सक्ने भयो।’

राेजगारकाे राजनीति - १  परिवार भाँड्ने ‘कर्णाली रोजगार कार्यक्रम’

राेजगारकाे राजनीति - २  युवा स्वरोजगार कार्यक्रम : सुरुदेखि नै अलमल
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस