विदेशमा रहेका नेपालीमाझ पूर्वमाओवादी नेता ‘तारो’ बन्दै
१८ चैत्र २०७५
•
८ मिनेट पाठ
विदेशमा रहेका नेपालीमाझ पूर्वमाओवादी नेता ‘तारो’ बन्दै
काठमाडौं - पत्नी उपचारका लागि अमेरिका गएका सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल केही दिनको अमेरिका बसाइपछि चैत १४ गते बिहीबार नेपाल फर्किए। त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ त नेपालीले नेपाली नेतालाई सम्मान गरेको पाइनँ।’ 




अमेरिका भ्रमणको तीतो अनुभव सुनाउँदै आइतबार प्रचण्डले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन पत्र’ जारी नगरेको भए अमेरिकामा आफूलाई ‘जे पनि हुन सक्ने’ खुलासा गरे।

प्रचण्डमाथि अमेरिकास्थित मेरिल्यान्ड अदालतमा द्वन्द्वकालीन मुद्दाका विषयलाई लिएर उजुरी परेको थियो। अमेरिका बसिरहेका नेपाली तिलकबहादुर श्रेष्ठले प्रचण्ड अमेरिका ओर्लुनुअघि नै उनीविरुद्ध मुद्दा दायर गरिसकेका थिए।अमेरिकास्थित नेपाली दूतावासको समन्वयका कारण नै आफूमाथि कुनै विपद् आइनपरेको प्रचण्डले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खुलाए।

सशस्त्र द्वन्द्वको समयमा प्रचण्डले नेतृत्व गरेको तत्कालीन माओवादी समूहलाई अमेरिकाले आतंककारी सूचीकृत गरेको थियो। यसअघि सन् २०१६ मा पनि प्रचण्ड यस्तै घटनाबीच अस्ट्रेलिया जानबाट रोकिएका थिए। तत्कालीन समयमा अस्ट्रेलियाको न्यु साउद वेल्थमा रहेका नेपालीले उनीविरुद्ध अन्तर्राष्ट्रिय अदालनमा मुद्दा दायर गर्ने चर्चाबीच उनको अस्ट्रेलिया भ्रमण स्थगित भएको थियो।

त्यसवेला केपी ओली नेतृत्व सरकारको सत्ता सहयात्री माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण यो पनि भएको कतिपयको बुझाइ छ। 

द्वन्द्वकालीन मुद्दाका विषयमा आफूलाई फसाउन लागेको आरोप प्रचण्डले त्यसवेला सत्तासाझेदार दललाई लगाएका थिए। मेरिल्यान्डमा उनीविरुद्ध दायर मुद्दा अन्तर्राष्ट्रिय अपराध न्यायलयको रोम सन्धिले आकर्षित गर्छ। कुल १ सय २४ राष्ट्रले हस्ताक्षर गरेको यो सन्धिमा नेपाल सदस्य राष्ट्र भने छैन। नेपालले यो सन्धिमा हस्ताक्षर नगरे पनि मानवीय अपराध गरेका कुनै पनि व्यक्ति उक्त सन्धिको सदस्य राष्ट्रको भ्रमण गर्दा उक्त कानुन आकर्षित हुन सक्ने बताउँछन्, अन्तर्राष्ट्रिय कानुनका सहप्रध्यापक तेजमान श्रेष्ठ।

द्वन्द्वकालीन अवस्थामा माओवादीले बालसैन्य पनि प्रयोग गरेको आरोप छ। जनसैनिकमा आबद्ध (बाल सैनिक) लेलिन विष्ट आफूजस्ता बालसैनिकले द्वन्द्वको अवस्थामा खेप्नुपरेको पीडाका विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा लागिपरेका छन्।

नेपालले यो सन्धिमा हस्ताक्षर नगरे पनि यो सन्धिको सदस्य राष्ट रहेको कुनै पनि देशमा मानवता विरोधि अपराध गरेका कुनै पनि व्यक्ति भ्रमणमा जाँदा सन्धि आकर्षित हुन सक्छ, श्रेष्ठ बताउँछन्, आफूले हस्ताक्षर नगरे पनि आन्तरिक कानुनका माध्यमबाट पनि उक्त देशले कारवाही गर्नसक्छ।

रोम सन्धि कुनै पनि देशको परिधिभित्र नरही आम नरसंहार, मानवताविरोधी अपराध, युद्ध अपराधलगायत मुद्दामा आकर्षित हुन सक्छ। नेपालमा चलेको १० बर्से सशस्त्र यद्धका क्रममा करिब १७ हजार मानिसको ज्यान गएको बताइन्छ। त्यही अभियोगकै कारण प्रचण्डलाई अन्तर्राष्ट्रिय न्यायालयसम्म लैजाने अभियोजनसहित श्रेष्ठले मुद्दा दर्ता गरेका थिए।

द्वन्द्वकालीन अवस्थामा माओवादीले बालसैन्य पनि प्रयोग गरेको आरोप छ। जनसैनिकमा आबद्ध (बाल सैनिक) लेलिन विष्ट आफूजस्ता बालसैनिकले द्वन्द्वको अवस्थामा खेप्नुपरेको पीडाका विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा लागिपरेका छन्। यसै अभियानका लागि भनी उनी नेदरल्यान्ड्समा छन्। 

त्यहाँ रहँदा उनले अन्तर्राष्ट्रिय अपराध अदालतका प्रतिनिधि, युरोपिन युनियनका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ।

अमेरिकामा बाबुरामलाई पनि कालो झन्डा

गत वर्ष अमेरिका भ्रमणमा रहेका तत्कालीन माओवादीका नेता तथा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई पनि कालो झन्डा देखाइएको थियो। टेक्सास राज्यमा रहेका द्वन्द्वपीडित नेपाली समुदायले भट्टराईविरुद्ध केही व्यक्तिले नाराबाजी गरेका थिए। 

पत्नी हिसिला यमीसहित अमेरिका भ्रमणमा रहेका भट्टराई दम्पतीविरुद्ध अमेरिकामा ‘हत्यारालाई कारवाही’ जस्ता ब्यानर बोकेका केही नेपालीभाषीले प्रदर्शन नै गरेका थिए।

तत्कालीन माओवादीप्रति किन रुष्ट छन् विदेशस्थित नेपाली? 

जनयुद्धका माध्यमबाट देशमा परिवर्तनको बाहक बनेको दाबी गर्ने नेतालाई विदेशमा रहेका नेपाली समुदायले किन देखिसहँदैनन्। चाहे ती प्रचण्ड हुन् या बाबुराम। माथि उल्लिखित यी घटनाले तत्कालीन माओवादीप्रति देखाएको आक्रोश झल्किन्छ। 

तत्कालीन माओवादीको ज्यादतीबाट पीडित र पलायन हुन पुगेका नेपाली माओवादीप्रति वैरभाव राख्ने पूर्वएमाले नेताहरू नै बताउने गर्छन्। 

सुशील कोइराला सरकारमा सहभागी तत्कालीन एमालेका एक नेता भन्छन्, ‘त्यसवेला विभिन्न बहानामा घर छोड्न बाध्य भएका नेपाली आज पनि आफ्नो दुःख माओवादीसँग जोडेर हेर्छन्।’ उनी थप्छन्, ‘सशस्त्र युद्धताका सरकार पक्षबाट पनि गल्ती पक्कै भएको थियो, तर उनीहरु ले आफ्नो पीडाको कारक माओवादी मानेका छन्, त्यसले पनि यस्तो अवस्था आएको हुन सक्छ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस