अजित तिवारी, विराटनगर, भदौ २३- स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले एकीकृत नेकपा माओवादीले एक करोड रुपैयाँ दिएर सभासद् खरिद गर्न खोजिरहेको आरोप लगाएका छन्। सातौँ पटकको निर्वाचन पनि अनिर्णित भएर टुंगिएको भोलिपल्ट राज्यमन्त्री खड्काले यस्तो आरोप लगाएका हुन्।
‘एक करोडमा सभासद् किन्ने खबर आएपछि हिजो संसदमा हाम्रो छलफल भयो, एक करोड रुपैयाँको वजन कति हुन्छ भनेर विज्ञहरुसित बुझ्दा साढे १७ किलो हुने रहेछ'-स्थानीय निकायको पूर्वाञ्चलस्तरीय गोष्ठीको शुभारम्भ गर्दै राज्यमन्त्री खड्काले बुधबार विराटनगरमा भने,‘एक करोड रुपैयाँको वजन थाहा पाएपछि त सभासदको वेट साढे १७ किलो मात्रै हुँदो रहेछ, साढे सत्र किलोको भारी बोकाएर माओवादीले सभासद् किन्दैछ।'
‘तपाईँहरुले पढ्नु भएकै होला, सभासद् किन्न माओवादीले चीनसँग ५० करोड मागेका छन्, माओवादी फोहरी खेलमा लागेका छन्'-राज्यमन्त्री खड्काले भने,‘राजनीति आस्था नबोकेका सभासदका लागि एक करोड रुपैयाँ ठूलो हो।'