नेपाल ट्रस्टको जग्गा व्यक्तिका नाममा
१४ चैत्र २०७५
•
१४ मिनेट पाठ
नेपाल ट्रस्टको जग्गा व्यक्तिका नाममा
काठमाडौं - नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा बनाएको तथ्य फेलापरेको छ। मन्त्रिपरिषद्बाट निर्णय भएको देखाएर नेपाल ट्रस्ट धनी रहेको थानकोट, मातातीर्थ, इचंगु र सतुंगलका जग्गा योजनाबद्ध तरिकाले मालपोत कार्यालय कलंकीबाट व्यक्तिको बनाइएको हो।




२०६९ भदौ २५ को मन्त्रिपरिषदले निर्णय भन्दै ट्रस्टको जग्गा मोहीको पूर्ण स्वामित्वमा पुर्‍याइएको छ। तर, उक्त मितिको मन्त्रिपरिषद् निर्णय सूचीमा मोही र जोताहालाई ट्रस्टको जग्गाको पूर्ण स्वामित्व दिने विषय उल्लेख छैन। राजपत्रमा पनि यससम्बन्धी कुनै विषय प्रकाशित छैन। निर्णयको आधिकारिक पत्र र सम्बन्धित विभागले जग्गा स्वामित्व दिन निर्देशन दिएको पत्र सम्बन्धित मालपोत कार्यालय कलंकीले पनि देखाउन सकेन। लालपुर्जा बनाएका व्यक्तिहरुसँग पनि मन्त्रिपरिषदको निर्णयबारे कुनै प्रमाण छैन।

थानकोट, मातातीर्थ, इचंगुनाराण र सतुंगलस्थित नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा जालसाजी गरी व्यक्तिका नाममा बनाएको तथ्य फेलापरेको छ।मन्त्रिपरिषद्बाट निर्णय भएको भनिएको मितिमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री, चन्द्रदेव जोशी भूमिसुधार मन्त्री, लिलामणि पौडेल मुख्यसचिव र दिनेशहरि अधिकारी भूमिसुधार मन्त्रालयका सचिव थिए। जितबहादुर थापा मालपोत विभागका महानिर्देशक थिए। तत्कालीन भूमिसुधारमन्त्री जोशीले मन्त्रिपरिषद्बाट नेपाल ट्रस्टको १७३ रोपनी जग्गाबारे कुनै निर्णय नभएको बताए। उनले भने, ‘ट्रस्टको जग्गाबारे मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन। र ममाथि निकै दबाब आएपछि राजीनामा दिएको हुँ।’

थानकोट, मातातीर्थ, इचंगुनाराण र सतुंगलस्थित नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा जालसाजी गरी व्यक्तिका नाममा बनाएको तथ्य फेलापरेको छ।

भूमिसुधार मन्त्रालयका तत्कालीन एक उच्च अधिकारीले मन्त्रालयले मन्त्रिपरिषद्मा यो प्रस्ताव लैजाने विषय नभएको बताए। मालपोत कार्यालय कलंकीले मन्त्रिपरिषद्को बैठकबाट भएको निर्णय कार्यान्वयनका लागि लेखिआएअनुसार टिप्पणी र आदेश उल्लेख गरी योजनाबद्ध तरिकाले २०६९ मंसिर २० मा गोरखापत्र दैनिकमा ३५ दिने सूचना प्रकाशित गरी व्यक्तिको नाममा जग्गा पास गरिदिएको देखिन्छ। तर, मन्त्रिपरिषद्को २०६९ भदौ २५ मा नेपाल ट्रस्ट धनी रहेको जग्गा मोहीको पूर्ण स्वामित्वमा दिने गरी कुनै निर्णय भएको देखिँदैन।

नेपाल ट्रस्टको जग्गाको पूर्ण स्वामित्व मोहीलाई दिनेबारे मन्त्रिपरिषद्को निर्णयबारे भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग जानकारी माग्दा मालपोत कार्यालय कलंकीमा हुनसक्ने जवाफ दिइयो। मालपोत कार्यालयले पनि मन्त्रिपरिषद्को निर्णय विवरण उपलब्ध गराउन सकेन। मालपोत कार्यालय कलंकीका अधिकृत राजेन्द्र बुढाथोकीले भने नेपाल ट्रस्टको एक सय ७३ रोपनी जग्गा मोहीलाई पूर्ण स्वामित्व दिनेबारे मन्त्रिपरिषद्ले निर्णय गरेको दाबी गरे। उनले भने, ‘म ग्यारेन्टी साथ भन्न सक्छु कि सतप्रतिशत निर्णय भएको हो।’ निर्णय भएको भए नेपाल राजपत्रमा सूचना प्रकाशित हुनुपर्ने वा मन्त्रिपरिषद्को निर्णय विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुनुपर्ने नि भन्ने जिज्ञासा राख्दा उनले खोजी भइरहेको बताए। त्यतिबेला यो विषय निकै चर्चामा आएको र कर्मचारीले राजनीतिक दबाब झेल्नुपरेको उनले बताए। बुढाथोकीले भने, ‘नेपाल ट्रस्टले पनि विस्तृत विवरण माग गरी पत्र पत्र पठाएको छ।’ त्यतिबेला यस विषयमा राजनीतिक दबाब थेग्नै नसक्ने गरी आएको तत्कालीन मन्त्री जोशीले पनि बताए।

मन्त्रिपरिषद्ले गरेको भनिएको निर्णय मात्र नभेटिएको होइन भूमिसुधार तथा व्यवस्थापन विभागले उक्त जग्गाबारे गरेको भनिएको आदेश पत्र पनि पाइएको छैन। गोरखापत्रमा प्रकाशित ३५ दिने सूचनामा मन्त्रिपरिषद्को निर्णय मिति उल्लेख भए पनि राजपत्रमा उल्लेख भएको भनिएको छैन। सूचनामा भनिएको छ, ‘२०६९ भाद्र २५ को मन्त्रिपरिषद् बैठकबाट भएको निर्णय कार्यान्वयनका लागि लेखिआए अनुसार यस कार्यालयबाट मिति २०६९ मंसिर २० मा गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनासमेतका आधारमा तपशिलमा उल्लिखित जोताहा÷मोही जग्गा कमाउने व्यक्तिले रै.पं दर्ता माग गरेको, निम्न जग्गा ट्रस्ट र व्यक्तिको नाममा दर्ता भै दोहोरा स्रेस्ता कायम भएकाले दोहोरा स्रस्ता कट्टा गर्न माग गरी निवेदन प्रस्तुत गरेको हुँदा देहायका क्षेत्रमा निवेदकहको निवेदनबमोजिम हुन नपर्ने भए आफूसँग भएको प्रमाणसहित ३५ दिनभित्र यस कार्यालयमा उपस्थित भई आफ्नो हकदाबी गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

सूचना प्रकाशनका लागि लेखिएको पत्रको बोधार्थमा भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, भूमिसुधार तथा व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिविस कार्यालय काठमाडौं, भूमिसुधार कार्यालय काठमाडौं, मातातीर्थ गाविस, महादेवस्थान गाविस र इचंगुनारायण गाविस उल्लेख गरी सूचना पार्टीमा सूचना टाँस गरी जानकारी गराउन अनुरोध गरिएको छ।

मालपोत कार्यालय कलंकीको कार्यक्षेत्रअन्र्तगत पर्ने विभिन्न कित्ताका जग्गाको स्वामित्व मोहीलाई दिने गरी लालपुर्जा वितरण गर्दा विद्यमान ऐनविपरीतका कदम चालिएको थियो। नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ५ मा ट्रस्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग हुने उल्लेख छ। दफा १३ मा ट्रस्टको जग्गा विक्रीवितरण गर्न र भोगाधिकार प्रदान गर्न प्रतिबन्ध लगाइने भनिएको छ। मोहीलाई जग्गाधनी पुर्जा दिँदा ऐनको पूर्ण उल्लंघन भएको देखिन्छ। दफा १३ को उपदफा १ मा सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्नका लागि पनि ट्रस्ट सञ्चालक समितिले नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृतिमा व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा पेस गरेर उसको सहमतिमा ट्रस्टको सम्पत्ति विक्रीवितरण गर्न सक्ने व्यवस्था छ। मालपोतको निर्णय गर्दा न त मन्त्रिपरिषद्को निर्णय पत्र फाइलमा राखेको छ न त नेपाल ट्रस्टको निर्णयलाई आधार बनाइएको छ।

मालपोत कार्यालय कलंकीका प्रमुख देवी शर्माले एक सय ७३ रोपनी जग्गा मोहीका नाममा रैकर कायम भएको पुष्टि गरे। उनले भने, ‘मोहीको नाममा रैकर कायम गर्न मन्त्रिपरिषद्बाट निर्णय भएर आएको पाइएको छ।’ २०५९ भदौ २५ मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको दाबी गरिए पनि आफूसँग त्यससम्बन्धी कुनै विवरण र कागजपत्र नभएको नेपाल ट्रष्टले जनाएको छ। मन्त्रिपरिषद्बाट निर्णय भए पनि सो जग्गा व्यक्तिका नाममा बनाउन नमिल्ने ट्रस्टका एक अधिकारीले बताए। ट्रस्ट सञ्चालक समितिले राज्य व्यवस्था समितिमा पेस गर्ने निर्णयका आधारमा मात्र मन्त्रिपरिषद्ले निर्णय लिन सक्ने व्यवस्था ऐनमा छ। यसमा न त ट्रस्ट सञ्चालक समितिको निर्णय छ न त मन्त्रिपरिषद्ले निर्णय गरेको देखिन्छ। यसबाट यो जग्गा प्रकरणमा अनियमितता भएको देखिन्छ।

सरकारका पूर्वसचिव खेमराज रेग्मी ऐनविपरीत मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा बनाएर लालपुर्जा दिनुलाई जालसाजी भन्छन्। नेपाल ट्रस्टको जग्गा कब्जा गर्न भएका जालसाजीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने बताउँदै उनले भने, ‘जालसाजी र किर्ते कार्यविरुद्ध सरकारले पनि कडा कारबाहीका लागि कदम चाल्नुपर्छ।’ योजनाबद्ध रुपमा काठमाडौंका विभिन्न स्थानमा नेपाल ट्रस्टको नाममा रहेका जग्गा मोहीका नाममा बनाइएको छ।

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नासपछि उनी र उनको परिवारका नाममा रहेको सम्पत्ति संरक्षणका लागि सरकारले नेपाल ट्रस्ट गठन गरी खोजी गरिरहँदा जग्गा हडपेर गैरकानुनी तरिकाले व्यक्तिका नाममा लालपुर्जा बनाइएको भेटिएको छ। नेपाल ट्रस्टलाई त्यसबारे बोधार्थ लेखिएको दाबी मालपोत कार्यालय कलंकीले गरे पनि त्यसको कुनै पत्र नभएको ट्रस्टले जनायो। जग्गा हात पारेका मध्ये एक मातातीर्थका पुष्कर केसीले मन्त्रिपरिषद्को निर्णयका आधारमा यस्तो काम भएको दाबी गरे पनि निर्णयको प्रतिलिपि देखाउन सकेनन्। मालपोत कार्यालय कलंकीले जग्गाधनीमा नेपाल ट्रस्ट राखिदिएर आफूहरुमाथि अन्याय गरेको दाबी उनले गरे। उनले भने, ‘हामीलाई वीरेन्द्रको सम्पत्ति चाहिएको होइन, हाम्रो सम्पत्ति त्यतिबेला कसरी नेपाल ट्रस्टमा राखियो।’

मालपोत कार्यालय कलंकीले २०७० असार ७ मा मोहीको नाममा जग्गाधनी पुर्जा वितरण गरेको विवरण फेला परेको छ। जसमध्ये तत्कालीन मातातीर्थ गाविसमा पर्ने ६४ कित्ता, तत्कालीन सतुंगल गाविसमा पर्ने एक रोपनी छ आना एक पैसा, तत्कालीन इचंगुनारायण गाविसा पर्ने १० रोपनी ६ आना एक पैसा र तत्कालीन थानकोट र महादेवस्थान गाविसमा पर्ने एक सय दुई रोपनी ३ आना जग्गा मोहीका नामका बनाइएको हो्। २०६४ पुस १ को विवरणअनुसार ती कित्ताका जग्गाधनीको नाम थर नेपाल ट्रस्टको कार्यालय, बाागमती अञ्चल, काठमाडौं उल्लेख छ। तर, जग्गा खोजबिनका क्रममा मोहीलाई जग्गाधनी कायम गरी लालपुर्जा वितरण गरिसकिएको फेला परेको छ। नेपाल ट्रस्ट जग्गाधनी रहेकोमा नाम काटेर मोहीलाई लालपुर्जा दिएपछि ती जग्गा विक्रीसमेत गरिएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस