सरकारको एक वर्ष : मधेसलाई आस मात्रै
०७ फागुन २०७५
•
६ मिनेट पाठ
सरकारको एक वर्ष : मधेसलाई आस मात्रै
फाइल फाेटाे
काठमाडौं – संविधान संशोधनको माग गर्दै आएका मधेसकेन्द्रित दुई राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सरकारसँगको एक वर्षे सहयात्रामा आश्वासन मात्रै पाएको गुनासो गर्न थालेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनेको एक वर्ष भयो। यस समयमा पटकपटक आश्वासन पाए पनि पूरा हुन नसकेको उनीहरूको गुनासो छ। ओली नेतृत्वको सरकारलाई दुई तिहाईको गणपूरक संख्या पुर्याउन गत वर्ष संविधान संशोधनलगायत माग राख्दै समर्थन गरेका राजपा र फोरमले एक वर्षमा आफूले राखेको मागमा कुनै उपलब्धि नभएको बताउन थालेका हुन्। ‘एक वर्षमा हामीले सरकारबाट आश्वासन मात्र पयौँ’, राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो भन्छन्, ‘आज÷भोलि गर्छु भन्छन्, केही गर्दैनन्। एक वर्षको अवधि छलफलमै बिल्यो।’

सरकारलाई समर्थन गरेबापत फोरम सरकारमा गएको छ। यस्तै, सरकारलाई समर्थन गरेकै कारण राजपाका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले शपथ ग्रहण गर्न पाए। यद्यपि चौधरी अहिले पनि कारागारमा छन्। राजपा र फोरमले यसलाई नै उपलब्धि माने पनि मधेसका जनताले भने केही पाउन नसकेको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन्। ‘संविधानप्रति असन्तुष्ट हुँदा–हुँदै फोरमका अध्यक्ष उपप्रधानमन्त्री बन्न पाउनुभएको छ। अनि राजपाले आफ्नो निर्वाचित प्रतिनिधिको शपथ ग्रहण गराउन पायो’, उनले भने, ‘फोरम र राजपा त सन्तुष्ट होलान्। त्यसैले त सरकारमा बसेका छन्। समर्थन गरेका छन्। तर आम जनमानसमा केही उपलब्धि आएको छैन। जनता असन्तुष्ट छ।’

उपलब्धि शून्य भएको त मधेसका नेता पनि स्वीकार गर्छन्। तर उनीहरू निष्कर्षमा पुग्ने निर्णय भने गर्न सक्दैनन्। संविधान निर्माणपछि तत्कालीन एमाले र अध्यक्ष ओलीसँग मधेसका राजनीतिक दलहरू असन्तुष्ट थिए। उनीहरूबीच पानी बाराबारको अवस्था थियो। तर ओली नेतृत्वको सरकार बनेपछि भने ओली र मधेसकेन्द्रित दलबीच सम्बन्ध सुधारको काम भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

राजपाले सरकारसँग संविधान संशोधनसँगै मधेस आन्दोलनमा ज्यान गुमाएकालाई सहिद  घोषणा, घाइतेको उपचार, बन्दी रिहाइलगायत माग अघि सारेको छ। ‘अहिलेसम्म काम भएको भनेको रेशम चौधरीको शपथग्रहण मात्र हो’, अध्यक्षमण्डलका सदस्य महतोले भने, ‘त्यो पनि रेशम अहिले पनि रिहाइ भएकै छैनन्।’ अब भने आफूहरूले सरकारलाई दिएको समर्थनबारे सोच्ने बेलाएको उनले बताए।

‘हामीले सरकारलाई पटक–पटक समय दियौँ। केही गरेको छैन। अब समय दिएन भन्ने पनि गुनासो छैन’, महतोले भने, ‘अब भने समर्थन फिर्ता लिन हामी बाध्य हुने छौँ। पार्टीमा यसबारे छलफल भइरहेको छ।’

राजपाले निरासाको भाव जनाइरहँदा फोरम भने संविधान संशोधन हुनेमा अझै आशावादी छ। ‘एक वर्षमा खासै उपलब्धि हुन सकेको छैन। तर आस पनि मरेको छैन। उपयुक्त समयमा संविधान संशोधन हुन्छ भनेर नै गएका हौं। यो एक वर्षमा त्यो समय सकिएको छैन’, फोरम उपाध्यक्ष रकम चेम्जोङले भने, ‘सरकारले संविधान संशोधन नगर्ने छाँट देखाए हामी सरकारबाट बाहिरिन पनि तयार छौँ।’

मधेसवादी दलहरूले आन्दोलन गर्ने भए पनि निष्कर्षमा भने पुर्याउन नसकेको आरोप लगाउँछन् मधेस विश्लेषक। ‘मधेसवादी दलहरूले मुद्दा उठाउँछन् तर आन्दोलनलाई निष्कर्षमा पुर्याउन सक्दैनन्’, मधेस विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘एक ढिक्का भएर प्रधानमन्त्री र नेकपालाई दबाब दियौं भने त सरकारले केही सोच्न बाध्य हुन्थ्यो नि! मधेसवादी दलमा यो एकता पनि देखिएन। उपेन्द्रजी आफ्नो किसिमले डिल गर्नुहुन्छ। राजपाका ६ नेताले आफ्नो किसिमले डिल गर्छन्। त्यही भएर दिनेले किन भाऊ दिन्छ?’

मधेसवादी दल मौन देखिए पनि विस्तारै जनस्तरबाट आन्दोलन उठ्न सक्ने किशोरको दाबी छ। ‘आगो बल्दा माथि सेलाएजस्तो देखिन्छ। तर तल भुभुरो बाँकी नै रहन्छ। यो जुनसुकै बेला पनि त्यो बल्न सक्छ’, उनले भने, ‘दल समाप्त हुन सक्छन्। तर मुद्दा नटुंगिएसम्म असन्तुष्टि त रहन्छ नै।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस