पुलिस एकै दिन दुई खेल खेल्दै
०५ वैशाख २०६६
•
६ मिनेट पाठ
पुलिस एकै दिन दुई खेल खेल्दै
बंगलादेशसँगको भिडन्त सशस्त्रमा
काठमाडौं, बैशाख ५ (नागरिक)- फुटबलमा दुई खेलको बीचमा ४८ घण्टाको फरक हुनुपर्ने विश्वव्यापी मान्यता छ। नेपालमा यो मान्यताभन्दा स्थिति अलग हुने गर्छ। गत महिना नेपाल रातोले लगातार दुई दिनमा प्रधानमन्त्री कपको सेमिफाइनल र फाइनल खेलेको थियो। अहिले नेपाल पुलिस क्लबको स्थिति त्यो भन्दा फरक छ। पुलिसले शनिबार एकै दिन दुई खेल खेल्दैछ।


साढे १२ बजे दशरथ रंगशालामा सेभेन ए साइड खेल्ने पुलिसले अपरान्ह ४ बजे सशस्त्र प्रहरी बलको हलचोक मैदानमा बंगलादेशको राष्ट्रिय टोलीको सामना गर्दैछ। एएफसी च्यालेन्ज कप छनोट चरणको तयारीमा रहेको बंगलादेश पुलिससँग मैत्रीपूर्ण खेल खेल्न बिहीबार काठमाडौं आइसकेको छ।




अखिल नेपाल फुटबल संघ एन्फा तथा सेभेन ए साइडको आयोजक काठमाडौं तथा ललितपुर सेभेन ए साइड फुटबल संघबीच खेलतालिका मिलाउन र दशरथ रंगशालाको प्रयोगका लागि पटक पटक वार्ता भए पनि त्यो संभव हुन सकेन। मैत्रीपूर्ण खेल सशस्त्रको खेल मैदान हलचोकमा गर्न एन्फा बाध्य भयो।

पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले मानसिक रुपमा आफ्नो टोली दिनमै तीन खेल खेल्न तयार रहेको दाबी गर्छन्। 'हामी मानसिक रुपमा तयार छौं' उनले भने- 'तर फिजिकल्ली गार्‍हो हुन्छ।' शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनी आफ्नो तर्क आफै काट्दै थिए। पोखरादेखि प्रतियोगिता खेल्दै आएको पुलिसले त्यहाँबाट धरान झापा हुँदै काठमाडौं पाँचौ राष्ट्रिय खेलकुदमा समेत भाग लिएको थियो। धेरै प्रतियोगिता भाग लिएकोले टोलीलाई आरामको जरुरी छ भन्दै गरेका विराटकृष्ण टोलीलाई दुई वटा खेल एकै दिन खेलाउन राजी हुन्छन्। उनले भने-'आयोजकहरुले मिलाएर अलग अलग दिन पारिदिएको भए राम्रो हुन्थ्यो तर पनि हामी खेल्न तयार छौं।'

पुलिसले यसै महिना दशरथ रंगशालामा एएफसी प्रेसिडेन्ट्स कप फुटबलको छनोट चरण खेल्दैछ। विराटकृष्णले त्यसको तयारीका रुपमा बंगलादेशविरुद्धको खेल महत्वपूर्ण हुने बताए। 'खेलाडी फिजिकल्ली फिट बनाउन सेभेन ए साइड खेलायौं। बल पोसेसनका लागि बंगलादेशसँगको खेल महत्वपूर्ण हुन्छ,' उनले भने- 'यो खेलबाट हामीले आफ्नो गल्ती सुधार्ने मौका पाउँछौं।' लगातारको प्रतियोगिताले आफ्नो टोलीले खराब प्रदर्शन गरेको पनि विराटकृष्णले स्वीकारे। 'हामीले लगातार प्रतियोगिता खेलेर हामी प्रदर्शन खस्केको सबैले अनुभव गरेकै छन्' -उनले भने। २०६३ सालको लिग च्याम्पियन पुलिस चैत ३० मा सम्पन्न पाँचौ राष्ट्रिय खेलकुदमा तेस्रो भएको थियो।

विराटकृष्ण बंगलादेशको टोलीलाई बलियो प्रतिद्वन्द्वीको संज्ञा दिन्छन्। 'उनीहरु च्यालेन्ज कपको तयारीमा छन्। बंगाली टोली त्यसै पनि बलियो छ,' उनले भने- 'उनीहरु अनुभी पनि। हामी यो खेललाई कमजोरी पत्ता लगाउने खेलका रुपमा लिन्छौं।'

पुलिस लगातार तेस्रो पटक प्रेसिडेन्ट्स कप खेल्दैछ। २०६३ पछि ए डिभिजन लिग नहुँदा पूर्व च्याम्पियनको हैसियतमा पुलिसले सहभागिता जनाउदै आएको छ। पुलिस प्रेसिडेन्ट्स कपमा सबैभन्दा सफल नेपाली टोली हो। दुई बर्षअघि पाकिस्तानमा भएको प्रेसिडेन्ट्स कपमा पुलिस फाइनलसम्म पुगेको थियो। गत बर्ष भने सेमिफाइनलबाट बाहिरियो।

बंगाली टोलीका व्यवस्थापक इन्तिहाज जोनले आफ्नो टोलीले अपि्रल २६ देखि च्यालेन्ज कपको छनोट खेल्न लागेको बताए। बंगलादेशको समूहमा म्यानमार कम्बोडिया र मकाउ रहेका छन्। उनका अनुसार च्यालेन्ज कपको तयारीका क्रममा पुलिसविरुद्धको खेल नै पहिलो अभ्यास खेल हो। इन्तिहाजले भने-'मार्च २८ बाट हाम्रो टोली प्रशिक्षणमा छ त्यसपछि यो नै पहिलो अभ्यास खेल हो यहाँपछि हामी भारतको इस्ट बंगालसँग खेल्न त्यसतर्फ जानेछौं।'

उनले राष्ट्रिय टोलीकै ६ भन्दा बढी खेलाडी रहेकोले पुलिस टोली बलियो भएको तर्क गरे। 'पुलिस बलियो टोली हो भन्ने हामीले सुनेका छौं,' उनले भने-'मलाई लाग्छ भोलिको खेल प्रतिस्पर्धात्मक हुन्छ।'

एन्फा उपाध्यक्ष एवं प्रवक्ता ललितकृष्ण श्रेष्ठले सेभेन ए साइड संघसँग कुनै विवाद नभएको दाबी गरे। 'उहाँहरुले हामीलाई सहयोग नै गर्नुभएको हो' उनले भने-'तर लोडसेडिङको समस्याले राति खेल गराउन सम्भव भएन। दिउँसो गर्दा उहाँको प्रतियोगितामा असर पर्छ। त्यसैले हलचोकमा गर्ने निर्णय गर्‍यो।' हलचोकमा प्रवेशका लागि १ सयको टिकट दर तोकिएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस