भावी सरकारका छ विकल्प
०६ भदौ २०६७
•
१३ मिनेट पाठ
भावी सरकारका छ विकल्प

तिलक पाठक, काठमाडौं, भदौ ६- ब्यवस्थापिका संसदमा भएको चार चरणसम्मको निर्वाचनमा प्रधानमन्त्रीको छनौट हुन नसकेपछि राजनीतिक दलका नेताहरुले आ-आफनै किसिमको विकल्प अघि सारेका छन्। यसरी आएका विकल्पहरुमा राष्ट्रिय सहमतिको सरकारदेखी बहुमतीय सरकारका भिन्दा-भिन्दै मोडल छन्।
चारवटै चरणको निर्वाचनमा तटस्थ रहेको एमालेले राष्ट्रिय सहमतिको सरकारमा जोड दिदै पाँचौ चरणमा समेत तटस्थ वस्ने निर्णय गरेको छ। पार्टीभित्र स्थायी कमिटी सदस्य केपी शर्मा ओली समुह नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने पक्षमा रहेपनि पार्टी अध्यक्ष झलनाथ खनाल केन्द्रीय कमिटीवाट तटस्थ नै वस्ने निर्णय गराउन सफल भएका छन्। उनले संसदीय दल र पोलिटब्युरोवाट समेत राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने निर्णयलाई सदर गराएका छन्।




प्रधानमन्त्रीका दुवै उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिई राष्ट्रिय सहमतिको वातावरण निर्माणमा योगदान गर्न आह्वान गर्दै एमालेले दलहरुवीच छलफलका लागि आधारपत्र समेत प्रस्तुत गरेको छ। आधारपत्रमा मुख्य दलहरुसहित अन्य पार्टीहरुवीचको राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने बताएपनि माओवादी लडाकुको ब्यवस्थापन नभएसम्म उसको नेतृत्वमा सरकार गठन हुन नसक्ने उल्लेख छ।

एमाले अध्यक्ष खनालप्रति माओवादी केही हदसम्म लचिलो देखिएको र एमाले-माओवादीवीच गठवन्धन हुन सक्ने आशंका माओवादी इतर समुहमा भइरहेको वेला एमालेले यस्तो प्रस्ताव ल्याएको हो। माओवादी नेतृत्व अस्वीकार गरिएको एमालेको यो प्रस्ताव काग्रेसलाई राजनीतिक रुपमा आश्वस्त गर्ने हिसावले ल्याइएको देखिन्छ। प्रस्तावले माओवादीप्रति एमालेको धारणा परिवर्तन भएको छैन भन्ने देखाएको छ। माओवादी र काग्रेस दुवैसँग समदुरीमा रहने किसिमको रणनीति एमाले संस्थापनले अघि सारेको छ।

विकल्प एक : राष्ट्रिय सहमतिको सरकार

एमालेले एकातिर राष्ट्रिय सहमतिको सरकारको धारणालाई अघि सारेको छ भने अर्काेतिर शान्ति प्रक्रिया पुरा नभइन्जेल माओवादीको नेतृत्व स्वीकार नहुने बताएको छ। यसको सोझो अर्थ राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाले वा काग्रेसमध्ये कुनै एकले गर्ने भन्ने हो। माओवादीले काग्रेसको नेतृत्व स्वीकार गर्ने संभावना कम भएको वरु उनीहरु एमाले नेता खनालप्रति लचिलो देखिएका कारण यस्तो स्थितीमा वन्न सक्ने संभावित राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफनै जिम्मामा आउने आशमा खनाल छन्। राष्ट्रिय सहमतिको सरकार भन्ने धारणाको अगुवाई गर्दै खनाल आफनो विचारमा अडिग देखिएका छन्।

माओवादीले सहमतिका लागि काग्रेसले उम्मेदारी फिर्ता लिए आफु पनि तयार भएको बताएका कारण उनलाई अडानमा टिकीराख्न सजिलो भएको छ। तर, आइतवार काग्रेस पदाधिकारी वैठकले कुनै हालतमा पनि उम्मेदारी फिर्ता नलिने निर्णयका कारण भने खनाल अप्ठयारोमा परेका छन्। साथै, पार्टीभित्रैवाट र काग्रेसलगायतका अन्य दलहरुवाट आएको दवावले पनि उनलाई अप्ठयारो परिरहेकोे छ।

विकल्प दुई : काग्रेस-एमालेसहितको वर्तमान गठवन्धन

प्रधानमन्त्रीको रुपमा अघि सारिएको काग्रेसका उम्मेदारलाई एमालेले समर्थन गरी वर्तमान सत्ता गठवन्धनलाई नै कायम राख्नुपर्ने स्वर पनि वलियो छ। खास गरी नेपाली काग्रेस र एमालेकै स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षले यो कुरा अघि ल्याएका छन्। तर, एमालेकै संस्थापन पक्ष यो धारणाको चर्काे विरोधी भएकाले यो विकल्पले तत्कालै आकार लिने देखिदैन।

त्यसमाथि केन्द्रीय कमिटी वैठकले तटस्थ वस्ने निर्णय गरिसकेका कारण काग्रेस उम्मेदारलाई समर्थन गर्ने कुरा संभव नभएको एमाले नेताहरुले बताएका छन्। ब्यवस्थापिका संसदमा दुई तिहाई वहुमत नपुगेको भन्दै आफनै पार्टीको अध्यक्षले दिएको उम्मेदारी फिर्ता लिएको र आफनै पार्टीको वहुमतको प्रधानमन्त्रीलाई राजिनामा दिन लगाएको सन्दर्भमा कुनै एक दललाई वहुमतीय सरकारको प्रधानमन्त्री बनाउन मतदान गर्नु एमालेको लागि सहज छैन।

विकल्प तीन : एमाले-माओवादी गठवन्धनको सरकार

राष्ट्रिय सहमतिको सरकारको लागि नेपाली काग्रेस सहमतिमा नआए एम्ाले र माओवादीसहितको गठवन्धनको सरकार बन्ने संभावना पनि छ। माओवादी नेता देव गुरूङले काग्रेसले उम्मेदारी फिर्ता लिए निसर्त एमालेलाई सघाउने बताएर यो धारणालाई सार्वजानिक गरेका हुन्। राजनीतिक गतिरोधको गाठो फुकाउन एमालेलाई समर्थन गर्ने प्रस्ताव गरेको उनको भनाई छ। माओवादीले एमालेसँग साउन २७ गते भएको वार्तामा समेत यो विषय अघि ल्याएको एमाले नेता घनश्याम भुषालले बताए।

त्यस्तो सरकार एमाले अध्यक्ष खनालले भने झैं राष्ट्रिय सहमतिको हुने जिकीर माओवादीको छ। किनकी, राष्ट्रिय सहमतिको सरकारको आधार दुई तिहाई वहुमत भन्ने ब्याख्या गरिएको छ। एमाले-काग्रेसलगायतको गठवन्धनमा दुई तिहाई नहुने भएकाले पनि एमाले-माओवादीसहितको गठवन्धन उपयुक्त हुने धारणा माओवादी नेताहरुको छ। त्यस्तो स्थितीमा एमाले र माओवादीवीच चक्रीय प्रणालीमा जान सकिने कुरालाई माओवादी नेता गुरूङले सार्वजानिक गरिसकेका छन्। एमाले, माओवादी र मधेशी मोर्चावीच गठवन्धन भएमा ४ सय २८ पुग्ने छ।

काग्रेस नेतृत्वले समेत एमालेसँगको भेटघाटमा आफनो उम्मेदारलाई समर्थन नगर्ने हो भने माओवादीसँग मिलेर सरकार बनाए हुन्छ भन्ने प्रतिक्रिया दिइसकेको छ। ...काग्रेसले एमालेसहितको वामपन्थीहरुको सरकार वनोस् भनेर अर्घेल्याइ गर्‍यो भने राजनीति त्यो वाटोमा पनि जान सक्छ', एमाले नेता भुषालले भने।

विकल्प चारः चक्रीय प्रणाली

दलहरुवीच राष्ट्रिय सहमति क्रममा प्रमुख तीन दलवीच आलोपालो गरेर सरकारको नेतृत्व गर्ने धारणा पनि अघि आयो। त्यसमा पनि यो धारणामा जोड दिनेमा चाहिं एमाले नेताहरु नै देखापरे। चक्रीय प्रणालीको अवधारणा चाहिं एमालेका युवा नेताहरुले अघि सारेको देखिन्छ।

एमालेका युवा नेताहरु भुषाल, अरुण नेपाल, योगेश भट्टराई, राजेन्द्र गौतम, प्रकाश ज्वाला, विजय पौडेल, परशुराम मेघी गुरूङ लगायतका नेताहरुले असार ६ गते माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटमा यो प्रस्ताव राखेको भुषालले बताए। उनका अनुसार काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई असार १० गते भेटदा पनि यो प्रस्ताव राखिएको थियो। साथै उनीहरुले आफनै पार्टीका अध्यक्ष खनाल समक्ष पनि यो प्रस्ताव राखेका थिए। भुषालका अनुसार तीनै जना नेताहरु त्यसवेला चक्रीय प्रणालीको प्रस्तावप्रति सकारात्मक थिए।

त्यसपछि काग्रेसका नेता चक्र वास्तोलादेखी एमाले नेता भरतमोहन अधिकारीसम्मले यो धारणामा जोड दिएपनि दलहरुवीचको वैठकमा यो विकल्पमाथि खासै छलफल भएको छैन।

विकल्प पाँच : काग्रेस-माओवादी गठवन्धन सरकार

प्रधानमन्त्रीको निर्वाचनमा प्रत्यासी रहेका काग्रेस र माओवादी गठवन्धनको सरकार भन्दा अचम्म लाग्न सक्छ। तर, दलहरुवीचको वार्तामा यो विकल्प पनि आएको छ। एमालेले काग्रेसलाई समर्थन गर्न अस्वीकार गरेपछि काग्रेसका तर्फवाट कृष्ण सिटौलाले अघि सारेको प्रस्ताव हो, यो।

स्रोतका अनुसार काग्रेस-एमालेवीचको वार्तामा नेता सिटौलाले आफनो पार्टीको उम्मेदारलाई समर्थन नगर्ने हो भने काग्रेसले माओवादीसँग मिलेर सरकार बनाउने धम्की दिएका थिए। शान्ति प्रक्रिया पुरा नभइन्जेल चार महिन काग्रेसले नेतृत्व गर्ने र त्यसपछि माओवादीलाई हस्तान्तरण गर्नेसम्मको मार्गचित्र सिटौलाले प्रस्तुत गरेका थिए। तर, सिटौलाको यो प्रस्तावलाई एमाले नेताहरुले भने धम्कीको रुपमा लिएका छन्।

विकल्प छ : नागरिक समाजवाट प्रधानमन्त्री?

नागरिक समाजवाट प्रधानमन्त्री वनाउने प्रस्ताव पार्टीको संस्थापन पक्षदेखी असन्तुष्ट देखिएका माओवादी नेता वावुराम भट्टराईले अघि सारेका हुन्। मधेशवादी लगायत अन्य दलहरुले समेत प्रधानमन्त्रीका लागि आफनो नाम अघि सार्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल आफैले उम्मेदारी दिएकोमा भट्टराई असन्तुष्ट छन्। त्यसैले पनि उनले दुवै उम्मेदारले उम्मेदारी फिर्ता लिई नयाँ विकल्पमा जानुपर्ने कुरामा जोड दिदै आएका छन्। उनले यसो भनेर आफुलाई घुमाउरो ढंगले प्रधानमन्त्रीको उम्मेदारको रुपमा समेत प्रस्तुत गरेका छन्।

पछिल्लो समय आफनो नाममा सहमतिको संभावना कम हुँदै गएको देखेर हुन सक्छ, भट्टराईले कहिले मधेशवादी दलवाट प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव राखेका छन् त कहिले नागरिक समाजवाट प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव ल्याएका छन्। तर, ब्यक्तिगत हिसावले आएको यो धारणामा वहस समेत भएको देखिदैन ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस