पोखरा - सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको प्रथम सम्मेलनले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ। घोषणापत्र जारी गर्दै मुख्य न्यायधिवक्ताहरुले संघीयता कार्यान्वयनमा सघाउने प्रतिबद्धता जाहेर गरेका छन्।
शुक्रबार र शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका मुख्य न्यायाधिवक्ताहरुले काम, कर्तव्य र अधिकारका विषयमा संवैधानिक व्यवस्था, संघीयताको प्रयोग भैरहेका राष्ट्रहरुको अभ्यास, अन्तर्राष्ट्रिय प्रयोग र मान्यताका सम्बन्धमा व्यापक छलफल गरि घोषणापत्र जारी गरेका हुन्। जारी गरिएको घोषणापत्रको पहिलो बुँदामार्फत मुख्य न्यायाधिवक्ताहरुले संविधानको सफलता निर्धारण गर्न संघीयताको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने र यसको लागि सबै पक्षलाई प्रतिबद्ध रहन ध्यानाकर्षण गराईएको छ।
सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रदेश सरकारलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी, लोक सेवा लगायतका विषयमा छिटो कानून बनाउन आग्रह गरिएको छ। प्रदेश सरकारलाई प्रभावकारी बनाउन शान्ति सुरक्षा एवं अभियोजन सम्बन्धी अधिकार महत्वपूर्ण हुने भन्दै यथाशिघ्र पहल गर्नुपर्ने, दरबन्दि अनुसार कर्मचारीको पदपूर्ति गर्नुपर्ने लगायतका माग गरिएको छ।
नेपालको संविधान सहित भदौ १ गतेदेखि लागु भएको मुलुकी देवानी संहिता र फौजदारी संहिताका व्यवस्थालाई आम नागरिक समक्ष पुर्याउने, मानवअधिकार संरक्षणका लागि सबै प्रदेशमा कानूनी सचेतना कार्यक्रम संचालन गर्ने लगायतका विषय पनि घोषणा पत्रमा समेटिएको छ।
घोषणा पत्रमा केन्द्रीय सरकारले प्रदेश र स्थानीय सरकारसँग साझा अधिकारका सूचीमा रहेका कानून छिटो बनाइदिनुपर्ने, मुख्य न्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ताको कार्यालयका कर्मचारी महान्यायाधिवक्ताको कार्यालय मातहत नभई प्रदेश सरकार मातहत हुनुपर्ने लगायतका विषय समेटिएका छन्।
सम्मेलनमा प्रदेश–१ का मुख्यन्यायाधिवक्ता चुडामणि आचार्य, २ का दीपेन्द्र झा, ३ का सूर्यचन्द्र न्यौपाने, गण्डकी प्रदेशका राजेन्द्र घिमिरे, प्रदेश–५ का ठाकुर डिसी, कर्णाली प्रदेशका विद्याभुषण मानन्धर र प्रदेश–७ का कुलानन्द उपाध्याय सहभागी थिए।
घाेषणापत्र