कसलाई सघाउने मोर्चा अन्यौलमा-
अजित तिवारी, विराटनगर, साउन १०- सत्ताको खेलमा लागेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशको मुल मुद्दालाई किनारा लाएको तराईका दुई सशस्त्र संगठनले आरोप लाएका छन्।
सत्ताको छिनाझम्टीमा मोर्चा लागेको भन्दै उनीहरुले मधेश मुद्दामा अडिग रहन सुझाव दिएका छन्।
मधेशमा सशस्त्र बिद्रोहको सुरुवात गर्ने अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत र जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका प्रमुख नागेश्वर पासवान(ज्वाला सिंह)ले मधेशवादी दललाई सरकार बनाउने र गिराउने खेलमा नलाग्ने र त्यसले मधेशलाई अधिकारसम्पन्न नबनाउने सुझाव दिएका हुन्।
‘मधेशको मुद्दामा बार्गेनिङ गरेर मधेशवादी दलहरुले सरकारमा मालदार मन्त्रालय र ब्रिफकेश पाउने लालसा मात्र राखेका हुन्'-न्यू नेपाल रिसर्च सेन्टरले सोमवार विराटनगरमा आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रस्तुत गोइतको लिखित कार्यपत्रमा भनिएको छ,‘मधेशका नेताहरु दासत्व स्वीकार गरेर आन्तरिक उपनिवेशमा चित्त बुझाउन तयार देखिन्छ।' गोइतले मधेशका नेताहरु कुर्सी र पैसाका लागि मुल मुद्दाबाट हटेको आरोप लगाएका छन्।
जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका प्रमुख ज्वाला सिंहले मधेशको अधिकार र पहिचानका लागि राज्यले पुरा गर्ने भनेको मांगलाई थाँती राखेर सरकारमा जाने विषयमा वार्गेनिङ गर्नु मधेशी मोर्चाका लागि नसुहाउदो रहेको बताए। २७ मिनेट लामो रेकडिङ भाषणमा ज्वालासिंहले सत्ता र सरकारको वरिपरि रुमलिनुभन्दा मधेशको एजेन्डा र मांगमा बहस थाल्नुपर्नेमा जोड दिए। जनतान्त्रिक तराई मुक्ति मोर्चा(राजन मुक्ति)का कार्यवाहक अध्यक्ष मनोज मुक्तिले पठाएको लिखित कार्यपत्रमा मधेशबादी दलहरुले मधेशको भावना र इच्छा बिर्सेको आरोप लगाएका छन्।
कार्यक्रममा मधेशी जनअधिकार फोरमका सह-अध्यक्ष जयप्रकाश गुप्ताले माओवादी र कांग्रेस मधेशको मागप्रति इमान्दार नभएकाले प्रधानमन्त्रीमा कसलाई समर्थन गर्ने विषयमा मोर्चा अन्यौलमा रहेको बताए। उनले सत्ता र सरकारको चलखेलका लागि मधेशको मुद्दा नबिर्सेको बरु त्यही मुद्दालाई संस्थागत गर्न लडिरहेको बताए।