काठमाडौं, साउन १० (नागरिक)- एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले तीन प्रमुख दलले पालैपालो सरकार नेतृत्व गर्ने नयाँ अवधारणा ल्याएका छन्। तीनै दलका अध्यक्ष ४/४ महिना पालोगरी प्रधानमन्त्री बन्ने र मधेसवादी दललाई साथमा लिएर जानुपर्ने उनले बताए।
'चारवटा उप-प्रधानमन्त्री बनाऔँ, तीन दलका एक/एक र मधेसवादी दलबाट एक। यो नयाँ मोडेलले मात्रै राष्ट्रिय सहमतिमा शान्ति र संविधान लेखिन्छ,' उनले भने।
पहिलो चरण निर्वाचनमा अध्यक्ष झलनाथ खनालका पक्षमा ४ सय १ सभासद्को हस्ताक्षर जुटाउन सक्रिय अधिकारीले बहुमतीय प्रक्रियाले दलबीच र आन्तरिक विग्रह बढाएको बताए।
'बहुमतीय प्रक्रिया लम्बिँदा तीन दलमा आन्तरिक विग्रह बढ्छ,' आइतबार नागरिकसँग अधिकारीले भने, 'यसको जिम्मेवार हामी तीन दल नै भएकाले सहमतिका लागि ४/४ महिना प्रधानमन्त्री हुने गरी राष्ट्रिय सहमति गरौँ।'
नेतृत्व कसले पहिले गर्ने भन्ने विषय सहमतिमा तय गर्नुपर्ने उनले बताए। माओवादीसँग हतियार र सेना भएकाले पहिलोपटक उसलाई नेतृत्व दिन नसकिने अधिकारीको तर्क छ।
'समन्वयकारी दलको हैसियतमा पहिले एमालेलाई दिए हुन्छ,' उनले भने, 'माओवादीलाई लडाकु समायोजनपछि दिन सकिन्छ।'
यसअघिका बहुमतीय दुईवटै सरकार शान्ति र संविधानमा विफल भएकाले आलोपालो (चक्रीय) राष्ट्रिय सहमति गर्नुको विकल्प नरहेको उनले बताए।
यसअघि कांग्रेस नेता चक्रप्रसाद बास्तोलाले पनि यस्तै प्रस्ताव चर्चामा ल्याएका थिए।
'बहुमतीय सरकार बनाउन हुँदैन भनेर ३ सय ९१ बाट फर्किएपछि नैतिक रूपमा पुष्पकमल दाहाल वा रामचन्द्र पौडेलजीलाई मतदान गर्न सक्दैनौँ', उनले भने, 'दुईपटकसम्म कसैको बहुमत नपुग्नुले सहमतीय सरकारको मान्यता स्थापित गरेको छ।'
सरकार निर्माण बाध्यकारी रहे पनि त्यसको पहिलो सर्त शान्तिप्रक्रिया र संविधान निर्माण भएको उनको भनाइ छ।
१६ घन्टाको प्रयासमा एमाले उम्मेदवारको पक्षमा ३ सय ९१ मत जुटाएको अधिकारीले बताए। 'त्यो मत झलनाथजी या एमालेलाई आएको होइन, सहमतीय सरकारको पक्षमा आएको हो,' उनले भने।
एमालेलाई तटस्थ बसेर मुलुकलाई बन्दी बनाएको आरोप आएको स्विकार्दै अधिकारीले बहुमतको सरकार बनाउन एमालेले नरोकेको बताए। 'एमालेले सहमतीय सरकार भनेर मूल्यको राजनीति गरेको हो,' उनले भने, 'माओवादी-मधेसवादी वा कांग्रेस-माओवादी मिलेर बहुमतीय सरकार बनाउन एमालेले रोकेको छैन।'