देशको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री
३१ वैशाख २०७५
•
६ मिनेट पाठ
देशको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री
पोखरा – गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व छल्ने माफिया, ठेकेदार र तस्करहरूले नै देशको अर्थतन्त्र चलाइरहेको उनले बताए।




शनिबार पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले भने, ‘आर्थिक क्षेत्रका अनियमितता, भ्रष्टाचार, तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेरमात्रै मुलुकको विकास र समृद्धि हुन सक्छ।’

प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशको आवश्यकता र जनताको जनादेश अनुसार नै विकास र समृद्धि गर्न विकासविरोधी तत्वहरूको नियन्त्रण र निस्तेज गरेर सरकार अगाडि बढ्ने जानकारी दिए।

सुशासन, स्थायित्व र विकास नभएको कारण देशको विकास र समृद्धि हुन नसकेको टिप्पणी गर्दै गृहमन्त्री थापाले सुशासन कायम गर्न भ्रष्टाचार, सिन्डीकेट सहितका विकास विरोधी तत्वहरूको निर्मुल गरेर सरकार अगाडि बढ्ने जानकारी दिए ।

आइतबार भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले पनि तस्करीहरूको हैकम अन्त्य गने निष्कर्ष निकाले उनले जानकारी दिए । उनले भने, ‘समृद्धिको बाधक भनेको एकाधिकार प्रणाली हो, सडक मात्र होइन्, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि सिन्डिकेट छ, यसलाई जरैदेखि अन्त्य गर्नुपर्छ।’

विकासको अर्को बाधक लागूपदार्थ रहेको उनले बताए । लागू पदार्थको करोबारले देशका कर्णधारहरूको भविष्य दलदलमा फस्दै गएको थापाले बताए ।

लागू औषध, भ्रष्टाचार, एकाधिकार, गुन्डागर्दी, राजनीतिक आवरणमा उच्छृंखल क्रियाकलाप गर्ने समूह अहिलेको मुख्य चुनौति रहेको प्रदेश ४ को सुरक्षा गोष्ठीमा छलफल भएको थापाले बताए।  लागू औषध कारोबारले धेरैको जीवन बर्वाद गरेको थापाको भनाइ थियो । थापाले मन्दिरको नियन्त्रण र व्यवस्थापन गर्न गृहमन्त्रालयले छिट्टै अभियान चलाउने बताएका छन् ।

नेपाल विकासको दृष्टिकोणमा धेरै पछाडि रहेको थापाले बताए । ‘पछाडि पर्नुको मुख्य कारण दरिद्रता र पछौटेपन हो । जसका कारण युवा जनशक्ति पलायन छन्,’ थापाले भने, ‘सुशासन र समृद्धिबिना यी युवा फर्काउन सम्भव छैन ।’

यस्तै विभिन्न प्रकारका सामाजिक हिंसा गर्नेलाई तत्कालै कारवाही गर्न निर्देशन दिइएको उनले जानकारी दिए । महिला हिंसा, बलात्कारदेखि, गुन्डागर्दी गर्ने सबैलाई सूची बनाएर कारवाही गरिने उनले बताए ।

सरकारले आपत्ति जनाइसक्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पहिलो दिन भारतीय जनता पार्टीका सांसद कृति आजादको विखण्डनकारी टिव्टप्रति सरकारले आपत्ति जनाएको थापाले बताए।

मोदीको जनकपुर भ्रमणको क्रममा आजादले जनकपुरलाई भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिएका थिए । गृहमन्त्री थापाले भने सरकारले कडा आपत्ति जनाएको प्रतिक्रिया दिए।

स्थायी सरकार र देश समृद्धिको बाटोमा हिँडिरहेका बेला हिंसा भड्काउने कसैलाई पनि नछोडिने उनले बताए।

‘विभिन्न आवरणमा क्षेत्रीय तथा साम्प्रादायिक नारा दिएर हिंसा भड्काउने दृष्प्रयास भइरहेको छ’ उनले भने ‘संविधान विरोधी काम गर्ने र देश र विखन्डन गर्ने कसैलाई छुट छैन्, सरकारले त्यस्ता तत्वलाई समाप्त पार्नेछ।’

मोदीको नेपाल भ्रमणलाई उनले नयाँ सम्बन्धको कडी रहेको बताएका छन् । मोदीको नेपाल भ्रमणले दुई देश बीचका असमझदारी हट्ने र विकास निर्माणको ढोका खुल्ने उनले बताए।

यस्तै, अर्को छिमेकी देश चीनसँग पनि सम्बन्ध सुधार गरेर अगाडि बढिने उनले जानकारी दिए । चीनले ल्याएको वन बेल्ड वन रोडको प्रस्ताव २१ औँ शताब्दीकै विकासको गुरुयोजना भएको बताउँदै उनले यसमा नेपालले हस्ताक्षर समेत गरिसकेको जानकारी दिए।

चीनसँग थप सम्बन्ध विस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने र चिनियाँ राष्ट्रपतिले पनि नेपाल भ्रमणमा बोलाउने उनले जानकारी दिए।

फरक, प्रसंगमा गृहमन्त्री बादलले बाम एकताको सबै आधार तय भएको र छिट्टै नै मिति तोकिने जानकारी दिए। ‘पार्टी एकताको पूर्वाधार तथा वैचारिक, राजनीतिक र संगठनात्मक आधार तय भईसकेको छ, हामी छिटै नै दुई पार्टी (एमाले र माओवादी केन्द्र) एकताको मिति घोषणा गर्नेछौँ।’ उनले भने, ‘यस एकताले मुलुककै ठूलो जनादेश प्राप्त ठूलो पार्टी निर्माण हुनेछ र मुलुकको विकास र समृद्धिलाई अगाडि बढाउनेछ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस