नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्दा गर्ने कामको आवश्यक पूर्व तयारी गर्न सुझाव दिएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकअन्तर्गत आइतबार आफ्ना धारणा राख्दै नेता भण्डारीले यस्तो बताएका हुन्।
भण्डारीले सभापति देउवाले यसअघि पनि धेरै काम गरे पनि त्यसले पर्याप्त प्रचारप्रसार हुन नसकेको बताएको एक केन्द्रीय सदस्यले बताए। ‘उहाँले प्रतिकात्मक रूपमा सभापति ज्युले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको भन्दै कामको पर्याप्त प्रचार हुन नसकेको भन्नुभयो,’ ती केन्द्रीय सदस्यले भने। यसमा सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मेवारी दिए पनि उनीहरूबाट काम नभएको भन्ने भण्डारीको धारणा थियो।
सभापति देउवा अब निकट भविष्यमै प्रधानमन्त्री बन्न लागेको भन्दै भण्डारीले प्रधानमन्त्री बनेपछि गर्ने कामको पर्याप्त पूर्व तयारीमा जुट्नुपर्नेमा पनि जोड दिए।
‘अब प्रधानमन्त्री बनेपछि गर्ने काम र निर्णय के गर्ने भन्ने विषयमा पर्याप्त पूर्व तयारी हुनुपर्छ,’ भण्डारीले भनेका थिए।